। अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम अर्को सूचना नभएसम्मको लागि स्थगित भएको छ ।
एन्फा निर्वाचन समितिको मंगलबार बसेको बैठकले तत्कालका लागि एन्फाको निर्वाचन कार्यक्रम स्थगित गरिएको जानकारी एन्फालाई गराएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।
एन्फाको माघ २८ गतेका लागि तोकिएको निर्वाचन सम्बन्धि उच्च अदालत पाटनले माघ ४ गते निर्वाचन सम्बन्धि प्रक्रिया यथास्थितिमा राख्नु भनी जारी भएको अन्तरिम आदेशको म्याद सूचना माघ ६ मा निर्वाचन समितिलाई प्राप्त भएकोले माघ गते देखिका निर्वाचनका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ ।
एन्फाको चुनावी साधारण सभा र निर्वाचन यही माघ २८ गते झापामा गर्ने तय गरिएको थियो ।