। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
राउतले मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराज पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । २०७९ सालको निर्वाचनमा सप्तरी -२ मा अध्यक्ष राउतले दोब्बरभन्दा बढी मतान्तरले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए।
सिकेसँगै यस क्षेत्रमा पूर्व सिँचाइमन्त्री उमेशकुमार यादव र मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले उम्मेदवारी दर्ता गराएका छन् ।