। नेकपा एमालेका नेता ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् ।
उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । पोखरेलले यो क्षेत्रमा यसअघिको निर्वाचनमा हार व्यहोरेका थिए ।
एमालेले टिकट टुंगो लगाउँदा यो क्षेत्र खाली राखेको थियो । पछि पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका थिए ।
यहाँ यसअघि नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका थिए । अहिले पनि कांग्रेसले पौडेललाई नै उम्मेदवार बनाएको छ ।