मुख्य समाचार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई नै उम्मेदवार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई नै उम्मेदवार

। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई नै उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि नेकपाले शाहीलाई टिकट दिइएको हो ।

यसअघि कालीकोटबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई एकल सिफारिस गरिएको थियो । तर प्रचण्डले रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरेपछि शाहीलाई उम्मेदवार बनाइएको छ ।




कालीकोटबाट प्रचण्ड नलड्ने भएपछि ११ जना आकांक्षी थिए । तर बृहत् छलफलपछि अन्तिममा शाहीले नै टिकट पाएको नेकपाकी नेता विमला केसीले जानकारी दिइन् ।

शान्ति प्रक्रिया सुरु भएपछि २०६४ साल यता कालिकोटमा निरन्तर साविकको माओवादीले चुनाव जित्दै आएको छ । २०६४ मा माओवादीका खड्गबहादुर विश्वकर्माले यो क्षेत्रबाट चुनाव जितेका थिए । त्यस यता शाहीले नै चुनाव जित्दै आएका छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा शाही विजयी भए ।




२०७४ को निर्वाचनमा महेन्द्रबहादुर मुख्यमन्त्री बन्ने ध्येयका साथ प्रदेशमा चुनाव लडेर जितेका थिए । करिब तीन वर्ष कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री समेत भएका शाही २०७९ को निर्वाचनमा भने प्रतिनिधिसभामा चुनाव लडे र जिते । शाहीले पुनः प्रतिनिधिसभाको लागि टिकट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मोरङ क्षेत्र नम्बर ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोइरालाले मोरङ ६ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।
। २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले उम्मेदवारी दर्ता गराएका छन् । नेपालले रौतहट क्षेत्र नं. १ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
। रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनीसँग अदालतले १ करोड धरौटी माग गरेको हो । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उक्त मुद्दामा न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्ने निर्णय ...
। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं- ५ ले आफूलाई फेरि सांसद बनाउने विश्वास व्यक्त गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गर्न पुगेका उनले पहिलोपटक सांसद बन्ने अवसर काठमाडौं ५ नै दिएकोले फेरि पनि सोही विश्वास रहेको भनेका हुन् । ‘काठमाडौं- ५ ले मलाई पहिलोपटक सांसद बनायो । त्यसैले मैले यो क्षत्र छोडेर कतै ...
। मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका प्रसाईंलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हाजिरी जमानीमा छाड्न आदेश दिएको हो । त्यसपछि प्रसाईं छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । निर्वाचन आयोगले ५२ करोड रुपैयाँ खाएर कांग्रेसको विशेष महाधिवेश पक्षलाई ...