मुख्य समाचार
‘धुरन्धर २’ लाई एडल्ट सर्टिफिकेट, नाम राखियो- ‘धुरन्धर : द रिभेन्ज’
‘धुरन्धर २’ लाई एडल्ट सर्टिफिकेट, नाम राखियो- ‘धुरन्धर : द रिभेन्ज’

। ‘धुरन्धर’ का फ्यानका लागि खुसीको खबर छ ! यो फिल्मको दोस्रो भागको टिजर छिट्टै सार्वजनिक गरिने भएको छ । यससँगै फिल्मको शीर्षक पनि तय भएको बलिउड संचारमाध्यमले जनाएका छन् ।

सोमबार ‘धुरन्धर २’ को टिजर सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पठाइएको थियो । यो टिजर १ मिनेटभन्दा लामो छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्मको दोस्रो भागको पूरा नाम ‘धुरन्धर : द रिभेन्ज’ रहनेछ ।




सेन्सर बोर्डले फिल्मको टिजर हेरेपछि यसलाई एडल्ट सर्टिफिकेट दिँदै पास गरेको छ । यसअघि ‘धुरन्धर पार्ट १’ मा पनि अत्यधिक हिंसात्मक दृश्य भएका कारण ’ए’ सर्टिफिकेट नै दिइएको थियो ।

यति हुँदाहुँदै पनि फिल्मले बक्स अफिसमा निकै राम्रो कमाइ गरेको थियो । यो फिल्म ‘ए’ सर्टिफिकेट प्राप्त गर्ने फिल्ममध्ये सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनिसकेको छ ।




सनी देओल अभिनित फिल्म ‘बोर्डर २’ जनवरी २३ मा प्रदर्शन हुँदैछ । यस फिल्मको प्रदर्शनसँगै हलहरूमा ‘धुरन्धर २’ को टिजर पनि देखाइने भएको छ । हलमा प्रदर्शन भएको केही समयपछि मात्र यो टिजर डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिनेछ ।

‘धुरन्धर : द रिभेन्ज’ १९ मार्चमा प्रदर्शनमा आउने तयारीमा छ । बक्स अफिसमा यो फिल्मको सीधा प्रतिस्पर्धा केजीएफ स्टार यशको बहुप्रतिक्षित फिल्म ‘टक्सिक’ सँग हुनेछ ।

‘टक्सिक’ को टिजर यसअघि नै सार्वजनिक भइसकेको छ, जसलाई दर्शकले निकै मन पराएका छन् । यद्यपि, केही ‘बोल्ड’ दृश्यका कारण यो फिल्मको टिजर यतिबेला विवादमा पनि तानिएको छ ।

रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ हिन्दी संस्करणतर्फ भारतमा सबैभन्दा बढी कमाइ गर्ने फिल्म बनेको छ, जसले त्यहाँको बक्सअफिसमा मात्र ८७९.७५ करोड भारु कमाएको छ ।

यति मात्र होइन, विश्वव्यापी कमाइको मामलामा यो फिल्म आमिर खानको ’दंगल’ (१९६३ करोड भारु) पछि दोस्रो स्थानमा परेको छ । ‘धुरन्धर’ ले हालसम्म विश्वभरबाट १३२८.२३ करोड भारु व्यापार गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...