मुख्य समाचार
हालै ट्रम्प प्रशासनले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय कलाकारहरूको भ्रमण धमाधम रद्द
हालै ट्रम्प प्रशासनले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय कलाकारहरूको भ्रमण धमाधम रद्द

हालै ट्रम्प प्रशासनले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय कलाकारहरूको भ्रमण धमाधम रद्द हुन थालेको छ । अमेरिकाले भिसा प्रक्रियामा गरेको कडाइका कारण यसअघि नै निश्चित भइसकेका धेरै अन्तर्राष्ट्रिय कलाकार, संगीत ब्यान्ड र थिएटर समूहहरूले अमेरिकी भ्रमणहरू रद्द गर्न बाध्य भएका हुन् ।

जसमा ग्रामी विजेता प्रख्यात अफ्रिकी गितार ब्यान्ड ‘टिनारिवेन’ समेत रहेको छ । यस ब्यान्डले अहिलेको अवस्थामा नै अमेरिकामा सांगीतिक भ्रमण गर्नु पूर्णरूपमा आशाहीन रहेको बताएको छ ।


अहिले अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै क्युबा, हाइटी, नाइजर, लाओस, सियरा लियोन र सिरिया जस्ता देशहरूमा पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्तै युएस सिटीजनसिप एण्ड इमिग्रेसन सर्भिसेजले लागू गरेको नयाँ नियमले पनि अन्तर्राष्ट्रिय कलाकारहरू मारमा परेका हुन् ।

उक्त नियम अनुसार कुनै कलाकार प्रशासनको ‘उच्च जोखिम’ सूचीमा रहेका ४० देशमध्ये कतै जन्मिएको छ भने उसको नागरिकता अन्य देशको भए पनि भिसा प्रक्रिया रोकिने छ । यसैको शिकार बेलायती थिएटर समूह ‘क्वारन्टाइन’ भएका हुन् ।


न्यूयोर्कको ‘अण्डर द राडार’ फेस्टिभलमा सहभागी हुन लागेको यस समूहका दुई सदस्य बेलायती नागरिक भए पनि उनीहरूको जन्म नाइजेरियामा भएका कारण भिसा रोकिएको छ । यसरी भिसा रद्दको कारणले गर्दा आयोजकलाई करिब १ लाख ५० हजार डलरभन्दा बढीको घाटा भएको छ ।

त्यस्तै कतिपय कलाकारहरू भने भिसा प्रक्रिया शुल्कमा भारी वृद्धि गरिएका कारण समेत अमेरिका छिर्नसकेका छन् । यदि यो स्थिति कायम रहेमा अमेरिकाको सांस्कृतिक विविधता र पर्फमेन्स आर्टसको बजारमा ठूलो रिक्तता आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डबारे फेरि प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, "डेनमार्कले जे काम गर्न सकेको छैन, अब त्यो हामी पूरा गर्नेछौं।" ट्रम्पले सोमबार ट्रुथ सोशलमा लेखे,"नेटोले विगत २० वर्षदेखि डेनमार्कलाई भन्दै आएको छ, 'तिमीले ग्रीनल्याण्डबाट रूसी खतरा हटाउनुपर्छ।' दुर्भाग्यवश डेनमार्कले यसबारे केही गर्न असफल भएको छ। अब समय आएको छ र यो गरिनेछ!" ...
: उत्तरी चीनको भित्री मंगोलियास्थित एक कारखानामा भएको शक्तिशाली विस्फोटमा दुईजनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन्। पाँचजना अझै बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ। आइतबार स्थानीय समयअनुसार दिउँसो करिब ३ बजे भित्री मंगोलियाको बाओगाङ युनाइटेड स्टील प्लान्टमा विस्फोट भएको हो। विस्फोट यति तीव्र थियो कि आसपासका क्षेत्रहरूमा समेत कम्पन महशुस गरिएको ...
: अमेरिकी अधिकारीहरूले सिरियामा अमेरिकी सैन्य हमलामा अल कायदाका एक नेता मारिएको दाबी गरेका छन्। अधिकारीहरूले उक्त नेताको सिरियामा आक्रमण गरी तीन अमेरिकीहरूको हत्या गर्ने इस्लामिक स्टेट आतंककारीसँग सीधा सम्बन्ध रहेको बताएका छन्। अमेरिकी केन्द्रीय कमान्डले एक विज्ञप्तिमा शुक्रबार उत्तरपश्चिम सिरियामा भएको आक्रमणमा बिलाल हसन अल-जसिम मारिएको भनेको छ। विज्ञप्तिमा अमेरिकी र सिरियाली कर्मचारीहरूलाई मार्ने र घाइते ...
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने धम्की दिएपछि आठवटा युरोपेली देशले विरोध गरेका छन् । यसअघि ग्रिनल्यान्ड गाभ्ने आफ्नो योजनामा असहमत हुने देशहरुमाथि भन्सार शुल्क बढाइने चेतावनी उनले दिएका थिए । ट्रम्पले डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्डस् र फिनल्यान्डमाथि १ फेब्रुअरीदेखि भन्सार शुल्क १० प्रतिशतले बढाउने बताइसकेका छन् । उनले यो शुल्क २५ ...
— ग्रिनल्यान्डवासीले राजधानी नुकमा भेला भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड अधिग्रहण योजनाको विरोध गरेका छन् । युरो न्युजले स्थानीय अधिकारीहरुलाई उद्रृत गर्दै यस प्रदर्शनमा ग्रिनल्यान्डको कुल जनसंख्याको झन्डै एक चौथाई सहभागी भएको जनाएको छ । ग्रिनल्यान्डमा झन्डै ५६ हजार जनसंख्या बसोबास गर्छ । यो प्रदर्शन ग्रिनल्यान्डको इतिहासकै ठूलो प्रदर्शन रहेको अधिकारीहरुले बताएका छन् । ग्रिनल्यान्डकी प्रधानमन्त्री ...