मुख्य समाचार
हालै ट्रम्प प्रशासनले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय कलाकारहरूको भ्रमण धमाधम रद्द
हालै ट्रम्प प्रशासनले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय कलाकारहरूको भ्रमण धमाधम रद्द

हालै ट्रम्प प्रशासनले घोषणा गरेको नयाँ यात्रा प्रतिबन्धका कारण अन्तर्राष्ट्रिय कलाकारहरूको भ्रमण धमाधम रद्द हुन थालेको छ । अमेरिकाले भिसा प्रक्रियामा गरेको कडाइका कारण यसअघि नै निश्चित भइसकेका धेरै अन्तर्राष्ट्रिय कलाकार, संगीत ब्यान्ड र थिएटर समूहहरूले अमेरिकी भ्रमणहरू रद्द गर्न बाध्य भएका हुन् ।

जसमा ग्रामी विजेता प्रख्यात अफ्रिकी गितार ब्यान्ड ‘टिनारिवेन’ समेत रहेको छ । यस ब्यान्डले अहिलेको अवस्थामा नै अमेरिकामा सांगीतिक भ्रमण गर्नु पूर्णरूपमा आशाहीन रहेको बताएको छ ।


अहिले अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै क्युबा, हाइटी, नाइजर, लाओस, सियरा लियोन र सिरिया जस्ता देशहरूमा पूर्ण प्रतिबन्ध लगाएको छ । त्यस्तै युएस सिटीजनसिप एण्ड इमिग्रेसन सर्भिसेजले लागू गरेको नयाँ नियमले पनि अन्तर्राष्ट्रिय कलाकारहरू मारमा परेका हुन् ।

उक्त नियम अनुसार कुनै कलाकार प्रशासनको ‘उच्च जोखिम’ सूचीमा रहेका ४० देशमध्ये कतै जन्मिएको छ भने उसको नागरिकता अन्य देशको भए पनि भिसा प्रक्रिया रोकिने छ । यसैको शिकार बेलायती थिएटर समूह ‘क्वारन्टाइन’ भएका हुन् ।


न्यूयोर्कको ‘अण्डर द राडार’ फेस्टिभलमा सहभागी हुन लागेको यस समूहका दुई सदस्य बेलायती नागरिक भए पनि उनीहरूको जन्म नाइजेरियामा भएका कारण भिसा रोकिएको छ । यसरी भिसा रद्दको कारणले गर्दा आयोजकलाई करिब १ लाख ५० हजार डलरभन्दा बढीको घाटा भएको छ ।

त्यस्तै कतिपय कलाकारहरू भने भिसा प्रक्रिया शुल्कमा भारी वृद्धि गरिएका कारण समेत अमेरिका छिर्नसकेका छन् । यदि यो स्थिति कायम रहेमा अमेरिकाको सांस्कृतिक विविधता र पर्फमेन्स आर्टसको बजारमा ठूलो रिक्तता आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम