। आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट मिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दिएका छन् ।
नेकपा एमालेबाट उनले उम्मेदवारी दिएका हुन् । मंगलवार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा प्रेम गुरुङ छन् भने समर्थकमा बाबुराम थापा छन् ।
यहाँबाट प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि चुनाव लड्दैछन् । त्यस्तै नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी र नेपाली कम्युनिस्ट पार्टीबाट लेखनाथ न्यौपाने उम्मेदवार छन् ।