। प्रतिनिधि सभा सदस्यका लागि रौतहट क्षेत्र नम्बर ३ मा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका छ्न् ।
यसैगरी नेकपा एमालेको तर्फबाट कुन्दन कुशवाहाले पनि वारेस मार्फतनै मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृतको कार्यालयले दिएका सूचना अनुसार अहिले सम्म ६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
जनमतका शेख प्रवेज आलम, नेपाल मजदुर किसान पार्टीबाट रेखा पटेल, स्वतन्त्र राजेश साह र मङ्गोल नेशनल पार्टीबाट उत्तरबहादुर रानाले मनोनयन पत्र दर्ता गराईसकेको क्षेत्र नम्वर ३ का निर्वाचन अधिकृत अवध किशोरप्रसाद कुशवाले जानकारी दिए ।