। नेपाली कम्युनिष्ट पार्टीबाट चितवन क्षेत्र नम्बर ३ मा रेणु दाहालको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर रेणुले उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।
भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीनामा दिएर उनी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी बनेकी हुन् ।
रेणुले भरतपुर महानगरमा दुई कार्यकाल नेतृत्व गरिन् । त्यसअघि उनी दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नम्बर १ बाट पनि उम्मेदवार बनेकी थिइन् । तर, त्यसबेला उनी पराजित भइन् ।