मुख्य समाचार
नेकपाबाट माधव नेपाल पक्षका ३० नेताले पाए टिकट
नेकपाबाट माधव नेपाल पक्षका ३० नेताले पाए टिकट

। नेपाली कम्युनिस्ट पार्टीले केही क्षेत्र बाहेक प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवार टुंगो लगाएको छ ।

संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रुकुम र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार बन्नेगरी उम्मेदवारहरूको नामावली सार्वजनिक भएको छ । सार्वजनिक सूची अनुसार नेकपा बन्नुअघिको एकीकृत समाजवादीबाट ३० जनाले टिकट पाएका छन् ।




पूर्वप्रधानमन्त्री झलनाथ खनालको क्षेत्र इलाम–२ मा उनी निकट रणबहादुर राईले टिकट पाएका छन् । राई सूर्योदय नगरपालिकाका मेयर हुन् ।

टिकट पाउनेमा माधव नेपालका स्वकीय सचिव रहेका रामकुमार भट्टराई र नितेश पौडेल समेत छन् । भट्टराई रौतहट–४ र पौडेल कामाडौं–२ बाट उम्मेदवार बनेका छन् ।




एकीकृत समाजवादी भएर एकता प्रक्रियामा नगए पनि एमाले पृष्ठभूमिका अरु केही नेताले पनि टिकट पाएका छन् । दैलेख–२ मा योगेन्द्र शाही, बाजुरामा प्रकाश शाह र अछाम–१ मा टिकट पाएका भीम रावल एमाले पृष्ठभूमिका नेता हुन् । यद्यपि उनीहरू अलग–अलग समय र तरिकाले नेकपामा समाहित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पार्टीले टिकट नदिए पनि नेकपा एमालेका नेताहरू आफ्ना क्षेत्रका उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । टिकट नपाएका उपमहासचिव योगेश भट्टराई ताप्लेजुङका उम्मेदवार क्षीतिज थेबेको उम्मेदवारी दर्ता गर्न पुगेका छन् । यसअघिका दुई चुनावमा भट्टराईले ताप्लेजुङबाट जितेका थिए । तर, एमालेको एघारौं महाधिवेशनमा फरक समूहमा लागेपछि उनलाई यसपटक टिकट दिइएन । फरक समूहमै लागेका ...
नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन् ।
। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सप्तरी-३ बाट उम्मेदवारी दर्ता गराएका छन् । अघिल्लो चुनावमा यादवले सप्तरी–२ बाट चुनाव लडेका थिए । यसपटक निर्वाचन क्षेत्र फेर्दै उनले मनानयन दर्ता गराएका हुन् ।
। प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । उनी यसअघि तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका थिए ।२०६४ देखि निरन्तर विजयी हुँदै आएका उनले यसपटक नयाँ दल गठन गरेर चुनावी मैदानमा होमिएका हुन्। ...
टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउने जनाउँदै सन् २०२५ तेस्रो त्रैमासिकको ‘गाइडलाइन्स इन्फोर्समेन्ट’ रिपोर्ट सार्वजनिक गरेको छ ।