। पूर्वमन्त्री सुदन किरातीले प्रतिनिधिसभा चुनाव नलड्ने भएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले भोजपुर र सुनसरी–१ बाट किरातीको नाम सिफारिस गरेको थियो । तर, किरातीले सामाजिक सञ्जालमार्फत यसपटक चुनाव नलड्ने जानकारी दिएका छन् ।
‘मलाई पटकपटक निर्वाचित गर्नु हुने भोजपुरका नागरिकहरूप्रति मुरीमुरी आभार व्यक्त गर्दछु र नयाँ पुस्ताको नेतृत्व निर्वाचित गर्न सक्नुहोस् भनेर यसपटक उम्मेदवार नबन्ने निर्णय गरेको अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।
आफूले उम्मेदवारी दिदा नयाँहरूको मत काटिने र पुरानै दलले जित्ने सम्भावना भएकाले चुनाव नलड्ने निष्कर्षमा पुगेको किरातीले लेखेका छन् ।
सँगै, उनले सुनसरी–१ मा हर्क साम्पाङ र भोजपुरमा ध्रुव राईलाई समर्थन रहने पनि उल्लेख गरेका छन् ।