। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले प्रतिनिधि सभा निर्वाचनका लागि रुकुम पश्चिममा उम्मेदवारी दिने भएका छन् ।
शर्माले आज अपराह्न तीन बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
पूर्वमाओवादी नेता शर्माले लगातार तीन निर्वाचन सो क्षेत्रबाट जितेका छन् । यसपटक प्रचण्डले एकीकृत समाजवादी पार्टी समेतलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी गठन गरेपछि शर्मा अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।
माओवादीको आधार इलाका मानिने रुकुम पश्चिममा यसपटक नेपाली कम्युनिस्ट पार्टीले गोपाल शर्मा (अनल) लाई उम्मेदवार बनाएको छ ।
सशस्त्र युद्धकालदेखि नै एउटै पार्टीमा रहेका जनार्दन शर्मा र गोपाल शर्माबीच यसपटक हुन लागेको चुनावी प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।