मुख्य समाचार
रुपन्देही २ बाट १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता
रुपन्देही २ बाट १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता

। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट १७ राजनीतिक दल र १७ स्वतन्त्र गरी ३४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

यो क्षेत्रबाट लगातार जित्दै आएका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसबाट उद्योगी चुन्न प्रसाद पौडेल, रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे विश्वदीपले उम्मेदवारी दर्ता गराएका छन् ।




एमाले उपाध्यक्ष पौडेलको समर्थकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी र प्रस्तावकमा प्रदेशका पूर्वस्वास्थ्य मन्त्री भोजप्रसाद रहेका छन् । उम्मेदवारी दर्तापछि पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देही २ मा आफूले गरेका विकास निर्माणका कामको आधारमा प्रतिस्पर्धी कोही नभएको दाबी गरे । २०७४ को भन्दा बढी मतान्तरले चुनाव जित्ने उनको भनाइ छ ।

२०७४ मा पौडेलले ४४ हजार ९ र नेपाली कांग्रेसका युवराज गिरीले २१ हजार ९४६ मत पाएका थिए । बिहान १० बजेबाट सुरु भएको मनोनयनका क्रममा रुपन्देही-२ मा सवा ४ बजेसम्म ३४ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत कार्यालयका बुद्धि पराजुलीले जानकारी दिए ।




उनका अनुसार राप्रपाबाट कर्भिका थापा, नेपाली जनता दलबाट राजु पौडेल, जनसेवा पार्टीबाट निकोलस भनिने कमल भुसाल, राष्ट्रिय जनमोर्चाबाट रुकबहादुर पराजुली, जनता समाजबादी पार्टी नेपालबाट दिपक गुरुङ, नेकपा माओवादीबाट बीरेन्द्र बिक, राष्ट्रिय जनमुक्ति पार्टीबाट केशवबहादुर थापा , श्रम संस्कृति पार्टीबाट भिमबहादुर गौतम, समावेशी समाजवादी पार्टीबाट देवेन्द्रबहादुर खत्री, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट नारायणप्रसाद नागिला, मंगोल नेसन अर्गनाइजेनबाट चन्द्र कुमारी गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रोशिना ब्यन्जु र नेसनल रिपब्लिक नेपालबाट थम्मन बहादुर बुढा मगरले मनोनयन दर्ता गरेका छन् ।

यस्तै स्वतन्त्रबाट हिजो मात्रै श्रम संस्कृति पार्टी परित्याग गरेकी उक्त पार्टीकी लुम्बिनी प्रदेश सहसंयोजक सुशीला पुलामी मगर लगायत १७ जना रहेका छन् । अन्तिम समयसम्म उम्मेदवारको संख्या बढ्न सक्ने पराजुलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी दिएका छन् । मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् । चुनाव नलड्ने बताउँदै आएका उनले आइतबार ...
। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई भव्य र सभ्य बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् । मनोनयन दर्ताको अघिल्लो दिन सोमबार अपिल जारी गर्दै उनले भनेका छन्, ‘जोजो चुनिन चाहनुहुन्छ उहाँहरूको मनोनयनपत्र दाखिल गर्ने समय आएको छ ।’ मंगलबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन हुँदैछ । यही माघ ४ गते राति १२ ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एक थान सांसद पदका लागि मात्रै आफू रुकुम पूर्वबाट चुनाव लड्न नआएको दाबी गरेका छन् । शहीद वेपत्ताका सपना अलपत्र परेपछि र जेनजी आन्दोलनपछि देश गम्भीर संकटमा परेपछि आफू पुन: रुकुमपूर्वका जनता माझ आएको उनले बताए । उम्मेदवारी दर्ता गरेपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले शहीद वेपत्ताका सपना पूरा ...
नेकपा एमालेका तर्फबाट इलाम-२ बाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन्
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटमा पुनः महेन्द्रबहादुर शाहीलाई नै उम्मेदवार बनाएको छ । फागुन २१ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि नेकपाले शाहीलाई टिकट दिइएको हो । यसअघि कालीकोटबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई एकल सिफारिस गरिएको थियो । तर प्रचण्डले रुकुमपूर्वबाट चुनाव लड्ने घोषणा गरेपछि शाहीलाई उम्मेदवार बनाइएको छ । कालीकोटबाट प्रचण्ड नलड्ने भएपछि ११ ...