मुख्य समाचार
माइतीघरमा उखु किसान र मिटरब्याज पीडितले आन्दोलन गर्दा मुकदर्शक बन्नुपर्‍यो
माइतीघरमा उखु किसान र मिटरब्याज पीडितले आन्दोलन गर्दा मुकदर्शक बन्नुपर्‍यो

। रास्वपा वरिष्ठ नेता बालेन शाहले आफू ४ वर्षसम्म काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि जनताका समस्या समाधान गर्न नसकेर मुकदर्शक बन्नुपरेको बताएका छन् ।

सोमबार जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्ने क्रममा उनले माइतीघर मण्डलामा उखु किसानदेखि मिटरब्याज पीडितसम्मको आन्दोलन हुँदा पनि मुकदर्शक बनेर बस्नुपरेको बताए ।

‘म करिब ४ वर्ष काठमाडौंको मेयरको रुपमा बसेँ । कोही मान्छेको भेट पनि गरिनँ । दैनिक माइतीघरमा मण्डलामा उखु किसानको आन्दोलन भयो, मिटरब्याज पीडितको आन्दोलन भयो । हामी मुकदर्शक भएर बस्नुपरेको थियो,’ मेयर बालेनले भने ।

साथै, उनले काठमाडौंको मेयरको रुपमा त्यतिबेला केही गर्न नसकेको स्वीकार गरे ।

काठमाडौंको मेयरका रुपमा देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्‍याएको बताउँदै प्रधानमन्त्री हुँदा के के गर्न सकौंला ? भन्दै प्रश्न गरे ।

‘काठमाडौंको मेयरको रुपमा केही गर्न सकिएन । अब गरेर देखाउँछु । काठमाडौंमा रहेर ३५ पालिकाको एम्बुलेन्स बनाउन सकेँ, संघ सरकारमा गएँ भने कति सकौंला ?,’ बालेनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन् । केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जानेछन् । चुनाव उठ्नका लागि उनले मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता रास्वपासँगको एकता भाँडिएपछि उनी ...
। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि रूकुम पूर्वबाट निवर्तमान सांसद कुसुम थापा मगरलाई उम्मेदवार बनाउने भएको छ । २१ फागुनका लागि हुन गइरहेको निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ नेतृ थापालाई उम्मेदवार बनाउने भएको हो । नेतृ थापाले आफूलाई पार्टीले उम्मेदवार बनाएको पुष्टि गरेकी छन् । यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनाव लड्दै ...
। कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालले सप्तरीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टीले जिल्लाको क्षेत्र नम्बर १ मा हर्खनारायण चौधरी, क्षेत्र नम्बर २ मा डा. दीपक चौधरी, क्षेत्र नम्बर ३ परमेश्वरलाल साह र क्षेत्र नम्बर ४ मा बिसोकुमार यादवलाई टिकट दिएको छ । उज्यालो पार्टीका सप्तरी जिल्ला संयोजक डा. सूर्यप्रसाद यादवले सबै उम्मेदवारले ...
। नेकपा एमालेकी नेतृ नविना लामाले पार्टीको टिकट वितरणको विधिप्रति असन्तुष्टि जनाएकी छन् । काभ्रे–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा उनको नाम पनि सिफारिस भएको थियो । तर अनेरास्ववियुका पूर्व अध्यक्ष लामाले टिकट पाइनन् । आफूले टिकट नपाएपछि लामाले देखिनेगरी असन्तुष्टि जनाएकी छन् । एमालेले टिकट नदिएका उपमहासचिव योगेश भट्टराईको भिडियो सन्देश शेयर गरेर लामाले समर्थन जनाएकी ...
। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आशन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत् २१ फागुनमा हुने निर्वाचन नलड्ने घोषणा गरेका हुन् । ‘अहिलेको विश्व राजनीति र विशेष गरी नेपाल र नेपालीले चाहेको नवीन ढांचाको राजनीति र जन प्रतिनिधित्व गर्न अहिले कै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने ...