मुख्य समाचार
प्रदीप यादव र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह नेकपा (एमाले) प्रवेश
प्रदीप यादव र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह नेकपा (एमाले) प्रवेश

। विघटित प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरका मेयर राजेशमान सिंह नेकपा (एमाले) प्रवेश गरेका छन् । निर्वाचनको संघारमा एउटै दलमा प्रवेश गरेका उनीहरूको दल परिवर्तनको यात्रा लामो छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ मनियारीमा जन्मिएका यादवको संसदीय राजनीति ०७० सालदेखि शुरू हुन्छ । कहिले दलको नाम त कहिले दलै फेरेका उनी पर्सा–१ बाट हयाट्रिक गर्ने दाउमा देखिन्छन् ।

त्यही क्षेत्रबाट यादव ०७४ मा संघीय समाजवादी फोरम (संसफो) र ०७९ मा जनता समाजवादी पार्टी (जसपा), नेपालबाट निर्वाचित भएका थिए ।

२०७८ मा खानेपानी मन्त्री बनेका उनले दोस्रोपटक मन्त्री बन्न कै लागि २०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजन गरेर अशोक राईको जनता समाजवादी पार्टी (जसपा)मा गएर मन्त्री बनेका थिए ।




केपी शर्मा ओली नेतृत्वको पछिल्लो सरकारमा पनि यादव मन्त्री थिए । उनी गत पुस २७ मा जसपा नेपालमै फर्किएका थिए ।

जसपा नेपालको केन्द्रीय समन्वय समिति सदस्य बनेको एक हप्तामै उनी एमालेमा प्रवेश गरेका हुन् । ०६४ मा उनी उपेन्द्र यादव नेतृत्वकै मधेसी जनअधिकार फोरम (मजफो) मा आबद्ध थिए ।

यादव ०६६ मा तत्कालीन मजफोको पर्सा जिल्ला उपाध्यक्ष थिए भने २०६७ मा अध्यक्ष भए ।

मधेशीवादी दलमा लाग्नु अघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा थिए । ०५३ सालमा राप्रपाले उनलाई पर्साको भिस्वाको गाविस सचिवमा नियुक्त पाए । त्यति बेला राप्रपाका राजीव पराजुली स्थानीय विकास राज्यमन्त्री थिए । त्यतिबेला देशभरी १३५ गाविस सचिवलाई राजनीतिक नियुक्ति दिइएको थियो ।

०५४ सालमा सद्भावना पार्टीबाट स्थानीय विकासमन्त्री बद्री मण्डल मन्त्री भएपछि यादवको माघ १० गते पद खारेजी भएको थियो ।

०७० सालमा पर्सा–१ बाट दोश्रो संविधान सभाको निर्वाचनमा लडेका यादव एमालेका विचारीप्रसाद यादवसँग पराजित भएका थिए ।

०७४ को प्रतिनिधी सभा सदस्यको निर्वाचनमा यादव पहिलो पटक निर्वाचित भए । उनले आफ्‌ना पुराना प्रतिद्वन्द्वी विचारी यादवलाई पराजित गरेका थिए ।

०७९ मा २२ हजार ५३७ मत ल्याएर निर्वाचित हुँदा यादवका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदी थिए ।

कांग्रेस, मधेशवादी दलहुँदै एमालेमा

वीरगञ्ज महानगरपालिका वडा नं. ३, छपकैया निवासी राजेशमान सिंहसँगै ७ जना वडाअध्यक्षहरू एमालेमा प्रवेश गरेका छन् ।

सिंहले नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका थिए । उनी २०५४ सालमा कांग्रेसबाट नगरसभा सदस्यमा निर्वाचित भए । त्यसपछि ०५९ सालमा साविकको वीरगञ्ज उपमहानगरपालिकाको ‘सभामुख’ मा चयन भएका थिए ।

त्यसपछि केही समय राप्रपामा सक्रिय सिंह मधेशवादी दलमा लागे । ०७० सालमा शरतसिंह भण्डारीको नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टीबाट पर्सा–१ मा निर्वाचनमा लडेर पराजित भए । उनले ८ हजार ४ सय मत ल्याएका थिए ।

मधेश केन्द्रित दल एकीकृत हुँदा उनी पनि राष्ट्रिय जनता पार्टी (राजपा)मा पुगे । राजपाबाट नगरप्रमुखमा प्रतिस्पर्धा गर्दा १२ हजार मत ल्याएर तेस्रो भएका थिए । त्यतिबेला उनलाई संसफो नेपालका विजय सरावगीले हराएका थिए ।

सरावगी एमालेमा प्रवेश गरेपछि प्रदीप यादवले सिंहलाई आफ्‌नो पार्टीमा भित्र्याए थिए । सत्तारुढ गठबन्धनको साथ पाएका सिंह २०७९ मा मेयरमा निर्वाचित भए । सिंहले ४६ हजार २१५ मत पाउँदा सरावगीले २३ हजार ६७१ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार हुने भएका छन् । केन्द्रीय सदस्य तथा क्षेत्रीय निर्वाचन परिचालन समिति संयोजक कुमारराज सुवेदीका अनुसार घिसिङले भोलि मध्याह्न जोरपाटी चोकमा जम्मा भएर मनोनयन दर्ताका लागि निर्वाचन कार्यालयमा जानेछन् । चुनाव उठ्नका लागि उनले मन्त्रीबाट राजीनामा दिएका थिए । त्यसयता रास्वपासँगको एकता भाँडिएपछि उनी ...
। नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि रूकुम पूर्वबाट निवर्तमान सांसद कुसुम थापा मगरलाई उम्मेदवार बनाउने भएको छ । २१ फागुनका लागि हुन गइरहेको निर्वाचनका लागि कांग्रेसले प्रत्यक्षतर्फ नेतृ थापालाई उम्मेदवार बनाउने भएको हो । नेतृ थापाले आफूलाई पार्टीले उम्मेदवार बनाएको पुष्टि गरेकी छन् । यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनाव लड्दै ...
। कुलमान घिसिङ नेतृत्वको उज्यालो पार्टी नेपालले सप्तरीका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएको छ । पार्टीले जिल्लाको क्षेत्र नम्बर १ मा हर्खनारायण चौधरी, क्षेत्र नम्बर २ मा डा. दीपक चौधरी, क्षेत्र नम्बर ३ परमेश्वरलाल साह र क्षेत्र नम्बर ४ मा बिसोकुमार यादवलाई टिकट दिएको छ । उज्यालो पार्टीका सप्तरी जिल्ला संयोजक डा. सूर्यप्रसाद यादवले सबै उम्मेदवारले ...
। नेकपा एमालेकी नेतृ नविना लामाले पार्टीको टिकट वितरणको विधिप्रति असन्तुष्टि जनाएकी छन् । काभ्रे–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा उनको नाम पनि सिफारिस भएको थियो । तर अनेरास्ववियुका पूर्व अध्यक्ष लामाले टिकट पाइनन् । आफूले टिकट नपाएपछि लामाले देखिनेगरी असन्तुष्टि जनाएकी छन् । एमालेले टिकट नदिएका उपमहासचिव योगेश भट्टराईको भिडियो सन्देश शेयर गरेर लामाले समर्थन जनाएकी ...
। नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले आशन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने घोषणा गरेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत् २१ फागुनमा हुने निर्वाचन नलड्ने घोषणा गरेका हुन् । ‘अहिलेको विश्व राजनीति र विशेष गरी नेपाल र नेपालीले चाहेको नवीन ढांचाको राजनीति र जन प्रतिनिधित्व गर्न अहिले कै पुस्ता आउनुपर्छ भन्ने मान्यता राख्दै यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने ...