: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुन्ने सही समय आएको बताएका छन्। रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शाहले देशका लागि काम गरेर देखाउने मान्छेको खाँचो रहेको भन्दै अहिले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुन्ने सहि समय आएको बताए।
उनले काठमाडौं महानगरको प्रमुखको जिम्मेवारीमा रहँदा आफूले धेरै काम गरेको भन्दै अव मधेश र देशका लागि काम गर्ने बताए। मधेशको छोरालाई प्रधानमन्त्री बनाउनका लागि घण्टीमा मत दिन उनले आग्रह गरे। त्यस्तै शाहले मुलुक संघीयतामा गइसकेपछि प्रदेश सरकारलाई अधिकारविहीन बनाइको उल्लेख गरे। प्रदेशभित्रको अधिकार माग गर्न काठमाडौं जानुपर्ने बाध्यतालाई अन्त्य गर्नुपर्ने उनको भनाइ छ।
आगामी चुनावमा उम्मेदवार बन्नका लागि शाहले आइतबार नै काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएका थिए। त्यसपछि शाह पहिलोपटक चुनावी सभामा सहभागी थिए।