मुख्य समाचार
निर्वाचन अधिकृतको कार्यालय डडेलधुराका अनुसार मनोनयन दर्ता र निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जनाए
निर्वाचन अधिकृतको कार्यालय डडेलधुराका अनुसार मनोनयन दर्ता र निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जनाए

: आउँदो फागुन २१ गते हुने संघीय निर्वाचनका लागि मंगलबार ६ गते हुने मनोनयन दर्ताको तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेलधुराका अनुसार मनोनयन दर्ता र निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो।

सोमबार जिल्ला सर्वपक्षीय बैठक बोलाई मनोनयन दर्तासँगै निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउने र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नका लागि छलफल गरिएको मुख्य निर्वाचन अधिकृत तथा डडेलधुरा जिल्लाका माननीय जिल्ला न्यायाधीश अरुणकुमार कोइरालाले जानकारी दिए।


मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न भएको सर्वपक्षीय बैठकमा मुख्य निर्वाचन अधिकृत कोइरालाले भोलि हुने मनोनयन दर्ताको लागि सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सम्भावित आइपर्ने जोखिम र समाधानका लागि गर्नुपर्ने उपायका बारेमा समेत सर्वपक्षीय छलफल गरिएको जनाएका छन्। जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरूसँग निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गराउनका लागि सहयोग गर्न अपिल समेत गरेका छन्।

सबै दलका प्रमुख एवं प्रतिनिधिहरूले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता तथा निर्देशिकाको पालना गर्न प्रतिबद्धता जाहेर गरेका छन्। निर्वाचन कार्यालय डडेलधुराका प्रमुख करुणाकर अवस्थीले मतदानस्थल, मतदान केन्द्र छनोट, अन्तिम मतदाता नामावली कायम, अस्थायी मतदाता नामावली संकलन, कर्मचारी र मतदान सामग्रीको व्यवस्थापनमा जुटेको जानकारी दिए। डडेलधुरामा १ सय ४ मतदानस्थलमध्ये ३३ मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेको अवस्थीले जानकारी दिए।

विगतमा भएका गतिविधिहरू तथा शान्ति सुरक्षाको दृष्टिकोणले ३३ मतदानस्थलहरू अति संवेदनशीलको सूचीमा रहेका छन्। सर्वदलीय छलफलमा जिल्लास्थित सम्पूर्ण राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला लगायत चारवटै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस बीपी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमोर्चा र पत्रकारका साथै अन्य दलहरूका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुन्ने सही समय आएको बताएका छन्। रास्वपाले सोमबार जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शाहले देशका लागि काम गरेर देखाउने मान्छेको खाँचो रहेको भन्दै अहिले देशका लागि आवश्यक व्यक्ति र पार्टीलाई चुन्ने सहि समय आएको बताए। उनले काठमाडौं महानगरको प्रमुखको ...
: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनबाट रास्वपा सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन्। सोमबार जनकपुरमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै लामिछानेले अघिल्लो चुनावमा आफूले सबैभन्दा धेरै मत पाएको भन्दै आगामी निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत पाएर ठूलो पार्टी बन्ने दाबी गरे। केहीले रास्वपा मधेशमा कमजोर रहेको भन्ने गरे पनि अहिले पार्टी मधेशमा ...
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीकाबारेमा असहमति हुँदाहुँदै पनि पार्टी सम्पूर्ण रुपमा निर्वाचनमा होमिसकेको बताएका छन्
: नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले बर्दिया १ बाट चुनाव नलड्ने घोषणा गरेका छन्। बर्दियाको दुवै क्षेत्रमा पहाडी मूलका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै गौतमले असन्तुष्टिसमेत पोखेका छन्। उनले बर्दियामा थारू जनघनत्त्व भएकाले सन्तुलन मिलाउनुपर्ने भन्दै उनले संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'लाई सम्बोधन गर्दै टिकट फिर्ता दिएको उल्लेख गरेका छन्। 'बर्दिया थारू जनघनत्व भएको जिल्ला हो। त्यहाँ ...
: २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवार अशोक राईलाई कडा चुनौती दिँदै झिनो मतान्तरले दोस्रो स्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की कोशी प्रदेश अध्यक्ष गोमा तामाङ (सरिन)ले सुनसरी क्षेत्र नम्बर–१ बाट दोस्रो पटक टिकट पाएकी छन्। अघिल्लो निर्वाचनमा अपेक्षाकृत नयाँ दल हुँदाहुँदै पनि गोमाले प्राप्त गरेको जनसमर्थनलाई निरन्तरता दिने विश्वासका साथ रास्वपाले ...