: मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न सिंहले सोमबार मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष राजीनामा बुझाएका हुन् ।
उनले जनमत पार्टीका साधारण सदस्य समेत नरहने गरी पार्टीबाट समेत राजीनामा दिएको बताएका छन् । स्वाभिमान पार्टीबाट सप्तरी निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारी दिने उनले जानकारी दिए ।