: नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) र ६७ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवा भएका छन्। प्रतिनिधि सभा सदस्यको उम्मेदवार मनोनयनको २ दिन अगाडि नेपाल प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले एसपी/डीएसपीको हेरफेर गरेको हो।
आइतबार रातिबाट आचारसंहिता लागू भएपछि कर्मचारी तथा सुरक्षाकर्मीको सरुवा बढुवा गर्न निर्वाचन आयोगको अनुमति लिनुपर्ने वा रोकिने भएपछि दिउँसै सरुवाका लागि पत्राचार भएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीका अनुसार नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघदेखि तलब, भत्तासमेत सरुवा भएकै दरबन्दीबाट खान पाउने छन्।