: फेरीबाट बस तार्ने क्रममा दूधकोशी नदीमा बस खसेको छ। आइतबार दिउँसो इटहरीबाट भोजपुर आमचोकतर्फ जाँदै गरेको बा ३ ख ६३३९ नम्बरको बस चौदण्डीगढी नगरपालिका-१ रानिटारस्थित दूधकोशी नदीमा खसेको हो।
फेरीमा बस चढाएपछि यात्रु र चालक सबै ओर्लिएकाले मानवीय क्षति नभए पनि बसमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईंले बताए। घटनास्थलमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा स्काभेटरले प्रयोग गरी नदीबाट बस निकालिएको उनले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।