मुख्य समाचार
शेरबहादुर देउवा समूहले माघ ६ गते प्रतिनिधि सभा निर्वाचनको प्रत्येक्षतर्फको मनोनयन मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ
शेरबहादुर देउवा समूहले माघ ६ गते प्रतिनिधि सभा निर्वाचनको प्रत्येक्षतर्फको मनोनयन मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ

: नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले माघ ६ गते प्रतिनिधि सभा निर्वाचनको प्रत्येक्षतर्फको मनोनयन मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।

शनिबार बसेको केन्द्रीय कार्यसमिमितिको निर्णय बमोजिम शुक्रबार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेलगत्तै निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै निवेदन दर्ता गराएको हो।


पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र पूर्वमहान्यायधिवक्ता खम्बाबहादुर खाती र अधिवक्ता केशवराज जोशीले निर्वाचन आयोग पुगेर निर्वाचन कार्यक्रम स्थगनको निवेदन दर्ता गराएका छन्।

‘निर्वाचन आयोगमा गत शुक्रबारको निर्णयले मुलुकको लोकतान्त्रिक र पुरानो पार्टीलाई निर्वाचनबाट वञ्चित गर्न खोजेको देखिएकाले सर्वोच्चमा रिट दर्ता गरिएको हो,’ अधिवक्ता जोशीले भने।

रिट निवेदनमा नेपाली कांग्रेसले सर्वोच्चमा दायर गरेको रिट निवेदनको अन्तिम किनारा नलागेसम्म निर्वाचनमा सम्पूर्ण कार्यक्रम स्थगन गर्न माग गरेको छ। ‘नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादको निरोपण नगरी पदाधिकारीको विवरण अद्यावधिक गरी पाउँ भन्ने कथित निवेदनको आधारमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ आकर्षित गर्नै नहुने कानुनी व्यवस्थाको प्रयोग गरी, नेपाली कांग्रेस पार्टीका दुवै पक्ष राखी छलफल नगराई, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३,४४,४५ र ४६ अनुसार गर्नुपर्नेमा सो नगरी एक पक्षलाई सुनवाईको मौकासमेत नदिई माग २ गतेको यस आयोगको निर्णयले नेपाली कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टीलाई दलीयरूपमा निर्वाचनमा जान वञ्चित गरेको देखिन आयो, तसर्थ यस आयोगको उक्त मितिको निर्णय उपर नेपाली कांग्रेस पार्टी निर्वाचन आयोगको निर्णय गैरसंवैधानिक, गैरकानुनी, प्रचलित ऐन कानुन र यसै आयोगले यसभन्दा अगाडि गरेका निर्णय र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र सिद्धान्त समेत विपरीत छ,' निवेदनमा भनिएको छ, ‘त्यस उपर आज आइतबार सम्मानित सर्वोच्च अदालतमा उत्प्रेष्ण परमादेश समेत रिट निवेदन दर्ता गरी आगामी माघ ६ गतेको पेशी समेत तोकी पाएको हुँदा उक्त मुद्दाको सम्बन्धमा न्याय निरोपण नभएसम्म आगामी फागुन २१ मा हुने भनिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनको मनोनयन लगायतका सम्पूर्ण निर्वाचन कार्यतालिका स्थगन गरी पाउँ भनि निवेदन लिई उपस्थित भएको छु।’

कांग्रेसले निवेदनका साथ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका साथै माघ ६ गतेका लागि पेशी तोकिएको तारेख पर्चाको प्रतिलिपि समेत पेस गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन्। मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो भए पनि जित उसैको हुने उनले बताए। 'म सत्यको बाटो हिँडिरहेको छु। यसबाट विचलित हुन्न,' उनले भने। कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट विचलित नहुने बताए। पार्टीको कठिन ...
: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएका छन्। काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन्। आइतबार बसेको ४६ औँ नगर कार्यपालिका बैठकमा उपप्रमुख डंगोलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिको प्रचलित कानुनी व्यवस्था बमोजिम महानगर प्रमुख शाहले दिएको राजीनामा पत्र आफूलाई ...
: निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमबाझ यो जानकारी दिएको हो। आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो। जसअनुसार, निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुनेछ। आयोगको आजै बसेको बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू ...
: सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले पदबाट राजीनामा दिएका छन्। आइतबार बेलुका उनले उपमेयर अइन्द्रबिक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने तयारी गरेपछि उनले मेयर पदबाट राजीनामा दिएका हुन् । सम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन्। राजीनामा बुझाउँदै सम्पाङले ...
: उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरिमा आइतबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्ग हुँदै कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-०१ ख ०५०५ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो। उनीहरूको अहिलेसम्म सनाखत हुन सकेको छैन । दुवै जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ...