मुख्य समाचार
धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुबाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा ५ जनाको मृत्यु
धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुबाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा ५ जनाको मृत्यु

: धनकुटाबाट धरानतर्फ आउँदै गरेको यात्रुबाहक बस धरानको जिरो पोइन्टमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन्। दुर्घटनामा ३ पुरुष र २ महिलाको ज्यान गएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबू राईले जानकारी दिए।

को १ ख ७११९ नम्बरको उक्त बस अचानक ब्रेक फेल भई अनियन्त्रित भएपछि सडक छेउमा हिँडिरहेका पैदल यात्रुलाई ठक्कर दिएको र त्यसपछि सडक किनारमा पल्टिएको डीएसपी राईले जानकारी दिए। उनका अनुसार तीव्र गतिमा रहेको बसले पैदल यात्रुलाई ठक्कर दिँदा घटनास्थलमै केहीको मृत्यु भएको हो र बसमा सवार सबै यात्रु घाइते भएको बताए।


दुर्घटनामा परेर घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ। हालसम्म मृतकहरूको पहिचान खुल्न सकेको छैन। प्रहरीका अनुसार शवहरू पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाउने तयारी प्रहरीले गरेको छ। दुर्घटनापछि घटनास्थलमा स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य गरिएको थियो।


प्रहरीले बस दुर्घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएको देखिए पनि बसको यान्त्रिक अवस्था, चालकको भूमिका र अन्य सम्भावित कारणबारे थप छानबिन भइरहेको डीएसपी राईले बताए। दुर्घटनाले केही समय धरान–धनकुटा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन्। मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो भए पनि जित उसैको हुने उनले बताए। 'म सत्यको बाटो हिँडिरहेको छु। यसबाट विचलित हुन्न,' उनले भने। कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट विचलित नहुने बताए। पार्टीको कठिन ...
: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएका छन्। काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन्। आइतबार बसेको ४६ औँ नगर कार्यपालिका बैठकमा उपप्रमुख डंगोलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिको प्रचलित कानुनी व्यवस्था बमोजिम महानगर प्रमुख शाहले दिएको राजीनामा पत्र आफूलाई ...
: निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमबाझ यो जानकारी दिएको हो। आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो। जसअनुसार, निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुनेछ। आयोगको आजै बसेको बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू ...
: सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले पदबाट राजीनामा दिएका छन्। आइतबार बेलुका उनले उपमेयर अइन्द्रबिक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने तयारी गरेपछि उनले मेयर पदबाट राजीनामा दिएका हुन् । सम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन्। राजीनामा बुझाउँदै सम्पाङले ...
: उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरिमा आइतबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्ग हुँदै कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-०१ ख ०५०५ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो। उनीहरूको अहिलेसम्म सनाखत हुन सकेको छैन । दुवै जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ...