मुख्य समाचार
प्रदीप पौडेल र गुरूराज घिमिरेको महामन्त्री पद खारेजको माग गर्दै आयोगमा निवेदन
प्रदीप पौडेल र गुरूराज घिमिरेको महामन्त्री पद खारेजको माग गर्दै आयोगमा निवेदन

: नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वयको पद खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ। दाङको बबई गाउँपालिका -७ का ४७ वर्षीय राजकुमार डाँगीले महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेको पद खारेजको माग गर्दै आयोगमा निवेदन दिएका हुन्।


पार्टीले तोकेको व्यवस्थाको उल्लंघन गरेकाले दुवैजनाको पद खारेज हुनुपर्ने उनको दावी छ। दुवैजना चौधौं महाधिवेशनमा पराजित भएकाले पन्धौं महाविधेशनभन्दा अगावै विशेष महाधिवेशनमा उम्मेदवारी दिन नपाउने व्यवस्थाअनुसार दलको विधान पालना नगरेकाले पद खारेज हुनुपर्ने उनको जिकिर छ।

'कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित भएका व्यक्तिहरू प्रदीप पौडेल र गुरूराज घिमिरेले यसभन्दा अघिको चौधौं महाधिवेशनमा दुवैजना पराजित भएको हुँदा निज दुवैजना व्यक्ति पन्धौं महाधिवेशनभन्दा अगावै विशेष महाधिवेशनमा उम्मेदवारी दिन नपाउने व्यवस्था नेपाली कांग्रेसको विधान २०१७ को धारा ५९ मा स्पष्ट व्यवस्था भएको र साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ अन्तर्गत राजनीतिक दलले आफ्नो विधानको पालना गर्नुपर्ने व्यवस्था भए बमोजिम निर्वाचन आयोगको क्षेत्राधिकार अन्तर्गत पर्ने विषय रहेकाले दुवैजनाको पद खारेज गरिनुपर्छ, 'उनले निवेदनमा उल्लेख गरेका छन्



विशेष महाधिवेशनले पार्टी सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे, सहमहामन्त्रीमा डिला संग्रौला, प्रकाश रसाइली, बहादुरसिंह लामा, उदयशमशेर जबरा, मुक्ताकुमारी यादव, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढालाई निर्विरोध चयन गरेको छ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि कांग्रेसको संस्थापन पक्षले उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। रिटको पेशी यही माघ ६ गतेलाई तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन्। मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो भए पनि जित उसैको हुने उनले बताए। 'म सत्यको बाटो हिँडिरहेको छु। यसबाट विचलित हुन्न,' उनले भने। कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट विचलित नहुने बताए। पार्टीको कठिन ...
: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएका छन्। काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन्। आइतबार बसेको ४६ औँ नगर कार्यपालिका बैठकमा उपप्रमुख डंगोलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिको प्रचलित कानुनी व्यवस्था बमोजिम महानगर प्रमुख शाहले दिएको राजीनामा पत्र आफूलाई ...
: निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमबाझ यो जानकारी दिएको हो। आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो। जसअनुसार, निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुनेछ। आयोगको आजै बसेको बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू ...
: सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले पदबाट राजीनामा दिएका छन्। आइतबार बेलुका उनले उपमेयर अइन्द्रबिक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने तयारी गरेपछि उनले मेयर पदबाट राजीनामा दिएका हुन् । सम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन्। राजीनामा बुझाउँदै सम्पाङले ...
: उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरिमा आइतबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्ग हुँदै कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-०१ ख ०५०५ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो। उनीहरूको अहिलेसम्म सनाखत हुन सकेको छैन । दुवै जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ...