मुख्य समाचार
पर्सा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई उम्मेदवार
पर्सा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई उम्मेदवार

: नेकपा एमालेले पर्सा क्षेत्र नम्बर १ मा पूर्वमन्त्री तथा निवर्तमान सांसद प्रदीप यादवलाई उम्मेदवार बनाएको छ। आइतबार राति जसपा नेपाल परित्याग गरि केपी ओलीको हातबाट खादा लगाएर एमालेमा प्रवेश गरेका यादवलाई एमालेले पर्सा-१ मा प्रत्यक्ष तर्फको उम्मेदवार बनाएको हो।




यादवले भने,` जसपा नेपालमा मलाई सहिद बनाउने षड्यन्त्र गरेको छनक पाएपछि म एमालेमा प्रवेश गरेको हुँ। ममाथि एमालेले भरोसा गरेर पर्सा-१ बाट उम्मेदवार पनि बनाएको छ। यसका लागि श्रद्धेय अध्यक्ष केपी ओलीज्यू लगायत अन्य नेताहरुप्रति कृतज्ञ छु।´


मंगलबार मनोनयन दर्ता रहेकाले सोमबार नै आफ्नो निर्वाचन क्षेत्रमा फर्किएर चुनावी अभियान सुरु गर्ने उनले बताए। अशोक राई नेतृत्वको जसपा छाडेर गत पुस १४ गते यादव उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए। उपेन्द्र यादवले उनलाई जसपा नेपालको केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।


तर आइतबार जसपा नेपालले पर्सा-१ बाट जिल्ला अध्यक्ष रामनरेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेपछि आफूलाई धोका दिएकाले एमालेमा प्रवेश गरेको र एमालेबाट पर्सा-१ को उम्मेदवार बन्नु परेको पूर्वमन्त्री यादवले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले आफू मध्यमार्गी भएकाले पार्टीभित्र दबाब झेलिरहेको बताएका छन्। मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो भए पनि जित उसैको हुने उनले बताए। 'म सत्यको बाटो हिँडिरहेको छु। यसबाट विचलित हुन्न,' उनले भने। कोइरालाले पार्टीलाई अतिवादले गाँजेको भन्दै आफू कुनै पनि अतिवादको घेरामा नपरी मध्यममार्गी बाटोबाट विचलित नहुने बताए। पार्टीको कठिन ...
: काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएका छन्। काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन्। आइतबार बसेको ४६ औँ नगर कार्यपालिका बैठकमा उपप्रमुख डंगोलले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिको प्रचलित कानुनी व्यवस्था बमोजिम महानगर प्रमुख शाहले दिएको राजीनामा पत्र आफूलाई ...
: निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आज बालुवाटारमा आयोजित एक कार्यक्रमबाझ यो जानकारी दिएको हो। आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो। जसअनुसार, निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू हुनेछ। आयोगको आजै बसेको बैठकले निर्वाचन आचारसंहिता आज राति १२ बजेबाट लागू ...
: सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले पदबाट राजीनामा दिएका छन्। आइतबार बेलुका उनले उपमेयर अइन्द्रबिक्रम बेघालाई औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी-१ बाट उम्मेदवारी दिने तयारी गरेपछि उनले मेयर पदबाट राजीनामा दिएका हुन् । सम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन्। राजीनामा बुझाउँदै सम्पाङले ...
: उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरिमा आइतबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्ग हुँदै कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-०१ ख ०५०५ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो। उनीहरूको अहिलेसम्म सनाखत हुन सकेको छैन । दुवै जना पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ...