: वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्वमन्त्रीहरू प्रदीप यादव र मोहम्बद इस्तिहाक राईसहित जसपाका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।
गएराती नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उनीहरू एमाले प्रवेश गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका अनुसार सिंह, यादव, इस्तिहाक राई लगायतका नेताहरुलाई अध्यक्ष ओलीले खादा लगाएर एमाले प्रवेश गराएका हुन्। यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव थिए ।
यसैगरी वीरगञ्ज महानगरपालिकाका ७ जना वडाअध्यक्षहरू पनि मेयर सिंहसँगै एमालेमा प्रवेश गरेका छन् । सिंह एमालेमा प्रवेश गरेपछि आज ठूलो संख्या जसपा अन्य पार्टीमा रहेका वडाअध्यक्षहरु वीरगञ्जमा आयोजना हुने कार्यक्रममा एमालेमा प्रवेश गर्ने तयारी गरेका छन् ।
यसैगरी अन्य निकायमा निर्वाचित भएका केही पदाधिकारी पनि आज पार्टी प्रवेश गर्ने कार्यक्रम रहेको जिल्ला सचिव महेश दासले जानकारी दिए ।
उपेन्द्र यादव नेतृत्वका जसपा नेपालसँग पार्टी एकीकरण भएको दुई हप्तामा नै शीर्ष तहका नेताहरूले सो पार्टी त्यागेर एमाले प्रवेश गरेका छन् । हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा एमालेले उम्मेदवार बनाउने भएको छ । यस्तै राईले बाँके- २ मा एमालेले उम्मेद्वार बनाउने भएको छ ।