मुख्य समाचार
डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने धम्की दिएपछि आठवटा युरोपेली देशले विरोध गरेका छन्
डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने धम्की दिएपछि आठवटा युरोपेली देशले विरोध गरेका छन्

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने धम्की दिएपछि आठवटा युरोपेली देशले विरोध गरेका छन् ।

यसअघि ग्रिनल्यान्ड गाभ्ने आफ्नो योजनामा असहमत हुने देशहरुमाथि भन्सार शुल्क बढाइने चेतावनी उनले दिएका थिए ।

ट्रम्पले डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्डस् र फिनल्यान्डमाथि १ फेब्रुअरीदेखि भन्सार शुल्क १० प्रतिशतले बढाउने बताइसकेका छन् । उनले यो शुल्क २५ प्रतिशतले बढ्नसक्ने चेतावनी पनि दिएका छन् ।

फ्रान्स्का राष्ट्रपति इममानुयल माक्रोनले यस कदम ‘अस्विकार्य’ रहेको बताए । त्यसैगरी बेलायतका प्रधानमन्त्री कैर स्टार्मरले यस कदम पूर्णत गलत रहेको प्रतिक्रिया दिए ।

यसैबीच डेनमार्क र ग्रिनल्यान्डमा हजारौं मानिसहरुले शनिबार प्रदर्शन गरेका छन् । ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने योजना अघि सारेपछि त्यसको विरोधमा प्रदर्शन भएको हो ।

आर्कटिक महासागर र उत्तरी एटलान्टिक महासागरले घेरिएको ग्रिनल्यान्ड भूरणनीतिक तथा स्रोत—साधनको महत्वका हिसाबले पवनि महत्वपूर्ण मानिन्छ ।

आर्कटिक क्षेत्रको बरफ पग्लदैं जाँदा एशिया, युरोप, अफ्रिका र अमेरिका जोड्ने महत्वपूर्ण समुद्री नाकाका रुपमा यो क्षेत्र विकास हुनसक्छ । त्यहीकारण यस क्षेत्रमा भूराजनीतिक प्रतिस्पर्धा बढिरहेको छ ।



रुस र चीनले यहाँ आफ्नो प्रभाव बढाएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस क्षेत्रलाई अमेरिकाको हिस्सा बनाउन चाहेका छन् । त्यसका लागि कुटनीतिक माध्यमबाट प्रयास गर्ने र संभव नभएर सैन्य हस्तक्षेप गरेर भएपनि ग्रिनल्यान्ड लिने उनको योजना छ ।

ग्रिनल्यान्ड विगत ३ सय वर्षदेखि डेनमार्कको हिस्सा रहदैं आएको छ । यस स्वशासित टापुसँग स्वतन्त्रता माग गर्नसक्ने आत्मनिर्णयको अधिकार पनि छ । तर, अधिकांश नागरिक अमेरिकामा मिसिने निर्णयको विरोधमा देखिएका छन् । ग्रिनल्यान्डको जनसंख्या ५६ हजार हाराहारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ग्रिनल्यान्डवासीले राजधानी नुकमा भेला भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड अधिग्रहण योजनाको विरोध गरेका छन् । युरो न्युजले स्थानीय अधिकारीहरुलाई उद्रृत गर्दै यस प्रदर्शनमा ग्रिनल्यान्डको कुल जनसंख्याको झन्डै एक चौथाई सहभागी भएको जनाएको छ । ग्रिनल्यान्डमा झन्डै ५६ हजार जनसंख्या बसोबास गर्छ । यो प्रदर्शन ग्रिनल्यान्डको इतिहासकै ठूलो प्रदर्शन रहेको अधिकारीहरुले बताएका छन् । ग्रिनल्यान्डकी प्रधानमन्त्री ...
— ईरानका सर्वोच्च नेता अली खामेनेईले हजारौं मानिसहरु आन्दोलनमा मारिएको स्वीकारेका छन् । शनिबार सार्वजनिक मन्तव्य जारी गर्दै उनले आन्दोलनमा हजारौं मानिस मारिएको र केही मानिसहरु अमानवीय रुपमा मारिएको स्वीकार गरे । ‘ईजरायल र अमेरिकासँग जोडिएकाहरुले ठूलो क्षति निम्त्याए र हजारौंको हत्या गरे,’ खामेनेईलाई उद्रृत गर्दै ईरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ, ‘हामी अमेरिकी राष्ट्रपतिलाई यो मृत्युमा अपराधी ...
— संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नह्यानले सबैका लागि अझ स्थिर र समृद्ध भविष्य निर्माणतर्फ युएई निरन्तर काम गर्दै जानेमा जोड दिएका छन् । जनवरी १७ मा मनाइने वार्षिक एकताको दिवसको अवसरमा सामाजिक सञ्जाल 'एक्स'मा सन्देश पोस्ट गर्दै शेख मोहम्मदले युएईको दीर्घकालीन दृढता तथा जनताको अटल संकल्प रहेको बताए । 'यस ...
— पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार अत्यन्त कम दृश्यताका कारण मिनी–ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो। दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा लगिएको ...
ट्रम्पको अध्यक्षतामा गाजामा शान्ति समिति गठन, डा. अली साथले अन्तरिम सरकारको नेतृत्व गर्ने