मुख्य समाचार
डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने धम्की दिएपछि आठवटा युरोपेली देशले विरोध गरेका छन्
डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने धम्की दिएपछि आठवटा युरोपेली देशले विरोध गरेका छन्

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाउने धम्की दिएपछि आठवटा युरोपेली देशले विरोध गरेका छन् ।

यसअघि ग्रिनल्यान्ड गाभ्ने आफ्नो योजनामा असहमत हुने देशहरुमाथि भन्सार शुल्क बढाइने चेतावनी उनले दिएका थिए ।

ट्रम्पले डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्डस् र फिनल्यान्डमाथि १ फेब्रुअरीदेखि भन्सार शुल्क १० प्रतिशतले बढाउने बताइसकेका छन् । उनले यो शुल्क २५ प्रतिशतले बढ्नसक्ने चेतावनी पनि दिएका छन् ।

फ्रान्स्का राष्ट्रपति इममानुयल माक्रोनले यस कदम ‘अस्विकार्य’ रहेको बताए । त्यसैगरी बेलायतका प्रधानमन्त्री कैर स्टार्मरले यस कदम पूर्णत गलत रहेको प्रतिक्रिया दिए ।

यसैबीच डेनमार्क र ग्रिनल्यान्डमा हजारौं मानिसहरुले शनिबार प्रदर्शन गरेका छन् । ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने योजना अघि सारेपछि त्यसको विरोधमा प्रदर्शन भएको हो ।

आर्कटिक महासागर र उत्तरी एटलान्टिक महासागरले घेरिएको ग्रिनल्यान्ड भूरणनीतिक तथा स्रोत—साधनको महत्वका हिसाबले पवनि महत्वपूर्ण मानिन्छ ।

आर्कटिक क्षेत्रको बरफ पग्लदैं जाँदा एशिया, युरोप, अफ्रिका र अमेरिका जोड्ने महत्वपूर्ण समुद्री नाकाका रुपमा यो क्षेत्र विकास हुनसक्छ । त्यहीकारण यस क्षेत्रमा भूराजनीतिक प्रतिस्पर्धा बढिरहेको छ ।



रुस र चीनले यहाँ आफ्नो प्रभाव बढाएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस क्षेत्रलाई अमेरिकाको हिस्सा बनाउन चाहेका छन् । त्यसका लागि कुटनीतिक माध्यमबाट प्रयास गर्ने र संभव नभएर सैन्य हस्तक्षेप गरेर भएपनि ग्रिनल्यान्ड लिने उनको योजना छ ।

ग्रिनल्यान्ड विगत ३ सय वर्षदेखि डेनमार्कको हिस्सा रहदैं आएको छ । यस स्वशासित टापुसँग स्वतन्त्रता माग गर्नसक्ने आत्मनिर्णयको अधिकार पनि छ । तर, अधिकांश नागरिक अमेरिकामा मिसिने निर्णयको विरोधमा देखिएका छन् । ग्रिनल्यान्डको जनसंख्या ५६ हजार हाराहारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम