मुख्य समाचार
कांग्रेस नेता डा. नारायण खड्काले उम्मेद्वार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन अनुरोध
कांग्रेस नेता डा. नारायण खड्काले उम्मेद्वार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन अनुरोध

— उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका कांग्रेस नेता डा. नारायण खड्काले उम्मेद्वार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन अनुरोध गरेका छन्।

पूर्वमन्त्री समेत रहेका खड्काले फेसबुक स्टाटस लेख्दै आफ्नो नाम हटाउन कांग्रेस केन्द्रीय कार्यालयलाई अनुरोध गरेका हुन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा प्रस्तावित उम्मेदवारहरूको सूचीमा परेका खड्काले आफ्नो नाम हटाउन माग गरेका हुन्। उनले केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई आफ्नो यो अनुरोध जानकारी गराइदिन आग्रह गरेका छन्।

‘नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य २०८२ को लागि उम्मेदवारहरूको प्रस्तावित सिफारिस सूचीमा मेरो पनि नाम राखिएकोमा मेरो नाम सो सूचीबाट हटाइ दिन हुनका लागि केन्द्रीय कार्यालयको सम्बन्धित निकायलाई मेरो यो पत्रको जानकारी गराइ दिनहुन अनुरोध गर्दछु,’ खड्काले आफ्नो फेसबुकमा लेखेका छन्।

उम्मेद्वारका लागि खड्कासहित लक्ष्मी परियार र पूर्वजिल्ला सभापति विदुर बस्नेतको नाम सिफारिस गरिएको छ। २०५६ को प्रतिनिधिसभामा पहिलोपटक भाग लिएर पराजित भएका खड्का २०६४, २०७०, २०७४ र २०७९ मा जितेर पटकपटक मन्त्री समेत भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सल्यानमा सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु भएको छ। बन्गाड कुपिण्डे नगरपालिका १० मा शिव आधारभूत विद्यालयलदेखि खानीगाउँसम्म सडक निर्माण गर्ने क्रममा खसेको ढुंगाले च्यापिएर ६० वर्षीय टेकबहादुर पुनको मृत्यु झएको हो। सडक खन्ने क्रममा शुक्रबार ढुंगाले च्यापिएर पुन गम्भीर घाइते भएका थिए । उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बन्गाड ...
— निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको विरोधमा शेरबहादुर देउवा पक्षधरहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। आयोगको निर्णय अवैधानिक र दुराशयपूर्ण भएको दाबी गर्दै देउवा पक्षधर नेताहरू प्रदर्शनमा उत्रिएका हुन्। देउवा पक्षले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देउवा पक्षधरहरूले आइतबार माइतीघर मण्डलामा आयोगको निर्णयविरुद्ध ...
— निर्वाचन आयोगले मनोनयनको मिति सार्ने वा निर्धारित मितिपछि पनि त्यसलाई निरन्तरता दिने विषयमा छलफल थालेको छ। आयोग स्रोतका अनुसार एमाले र कांग्रेसको देउवा समूहले मनोनयनको मिति सार्ने बारे आयोगमा कुरा राखेका थिए। निर्धारित कार्यतालिका अनुसार आयोगले ६ गतेलाई मनोनयनको मिति तोकेको छ। आयोगले भने मनोनयनलाई निरन्तर राख्दै ७ र ८ गते पनि जारी राख्ने विषयमा छलफल ...
— खोला किनारा क्षेत्रमा दायाँबायाँ २० मिटर मापदण्डसम्बन्धी पुनरावलोकन रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएस‌ँगै माइतीघर मण्डलामा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले यसअघि भएको फैसला मान्य नहुने भन्दै न्याय दिनुपर्ने प्ले कार्डसहित प्रदर्शन गरेका छन् । आज न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण ...
— नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौँ नेता–कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार आयोजित कार्यक्रममा नेकपाका प्रभावशाली नेता यादवसहित दर्जनौँ नेता–कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा–मालासहित पार्टी प्रवेश गराएका हुन्। मधेश आन्दोलनबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि बनाएका यादवसँगै सर्लाही क्षेत्र नं. ...