मुख्य समाचार
कांग्रेसले सोमबार बेलुकासम्म १ सय ६५ निर्वाचन क्षेत्रकै उम्मेदवार तय गर्ने भएको छ
कांग्रेसले सोमबार बेलुकासम्म १ सय ६५ निर्वाचन क्षेत्रकै उम्मेदवार तय गर्ने भएको छ

— प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले सोमबार बेलुकासम्म १ सय ६५ निर्वाचन क्षेत्रकै उम्मेदवार तय गर्ने भएको छ ।

परिवर्तनलाई स्वीकार गर्ने, लोकप्रिय, योग्यता, क्षमता र स्थानीय तहमा उसको प्रभाव समेतलाई हेरेर उम्मेदवार छनोट हुने पार्टीका महामन्त्री गुरुराज घिमिरेले बताए ।

कांग्रेसको संसदीय बोर्डले सोमबारसम्म सम्पूर्ण टिकट वितरण सक्नेगरी छलफल सुरु गरेको छ । टिकट वितरणका लागि प्रदेशस्तरमा समूह बनाएर यसअघि जिल्लाबाट आएको सिफारिस भएर आएका सूचीमाथि छलफल केन्द्रित छ । महामन्त्री घिमिरेले कतिपय स्थानमा तलबाट सिफारिस हुँदा विवादपूर्ण रुपमा भएकाले त्यस्ता ठाउँमा बाहिरबाट समेत उम्मेदवार चयन हुने सक्ने बताए ।

कांग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र बृहत् एकताका लागि पूर्वसभापति शेरबहादुर देउवासँग समय मागेपनि अहिलेसम्म भेटवार्ता हुन सकेको छैन । थापा र शर्माले शुक्रबार बेलुका नै भेट्न जान चाहेका थिए । तर, देउवाले पछि खबर पठाउने जवाफ फर्काए ।

पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग पनि थापा र शर्माले भेट्ने जिम्मा लिएका छन् । ‘पार्टीभित्रको बृहत् एकताका लागि उहाँहरु आफैले मुख्य तीन नेतासँग भेटेर कुराकानी गर्नुहुनेछ । उम्मेदवार छनोटमा आम नागरिकका बीच लोकप्रिय, क्षमतावान् र जनजीवनमा भिजेको मान्छे जुनसुकै समूहका भए पनि टिकट वितरण गर्ने मापदण्ड बनाइएको छ,’ अर्का एक पदाधिकारीले भने ।



नेता शेखर कोइराला पक्षका नेताहरुले देउवा पक्षसँग नगई मूल धारमा रहने बताएका छन् । रुख र चारतारे झन्डा भएकै ठाउँमा रहने भन्दै चुनावमा समेत भाग लिने निष्कर्षमा उनीहरु पुगेका छन् । आजै कोइरालाले आफ्नो समूहका नेता तथा शुभेच्छुहरुसँग बानेश्वरमा छलफल जारी राखेका छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले वैधानिकता पाएपछि पूर्वसभपाति शेरबहादुर देउवा पक्ष भने निर्वाचनमा सहभागी हुने वा नहुनेबारे निर्णय लिएको छैन । व्यक्तिगत तहमा कतिपय नेताहरुले चुनाव नलड्ने उद्घोष गरिरहेका छन् ।

देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दायार गरेका छन् । उम्मेदवार मनोनयनकै दिन माघ ६ गतेलाई पेसी तोकिएकाले देउवा पक्षीय नेताहरु उम्मेदवार मनोनयनका लागि समय सार्न आयोगलाई दबाव दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सल्यानमा सडक खन्ने क्रममा खसेको ढुंगाले च्यापिएर एक मजदुरको मृत्यु भएको छ। बन्गाड कुपिण्डे नगरपालिका १० मा शिव आधारभूत विद्यालयलदेखि खानीगाउँसम्म सडक निर्माण गर्ने क्रममा खसेको ढुंगाले च्यापिएर ६० वर्षीय टेकबहादुर पुनको मृत्यु झएको हो। सडक खन्ने क्रममा शुक्रबार ढुंगाले च्यापिएर पुन गम्भीर घाइते भएका थिए । उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको बन्गाड ...
— निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको विरोधमा शेरबहादुर देउवा पक्षधरहरूले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन्। आयोगको निर्णय अवैधानिक र दुराशयपूर्ण भएको दाबी गर्दै देउवा पक्षधर नेताहरू प्रदर्शनमा उत्रिएका हुन्। देउवा पक्षले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर आयोगको निर्णय अस्वीकार गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार देउवा पक्षधरहरूले आइतबार माइतीघर मण्डलामा आयोगको निर्णयविरुद्ध ...
— निर्वाचन आयोगले मनोनयनको मिति सार्ने वा निर्धारित मितिपछि पनि त्यसलाई निरन्तरता दिने विषयमा छलफल थालेको छ। आयोग स्रोतका अनुसार एमाले र कांग्रेसको देउवा समूहले मनोनयनको मिति सार्ने बारे आयोगमा कुरा राखेका थिए। निर्धारित कार्यतालिका अनुसार आयोगले ६ गतेलाई मनोनयनको मिति तोकेको छ। आयोगले भने मनोनयनलाई निरन्तर राख्दै ७ र ८ गते पनि जारी राख्ने विषयमा छलफल ...
— उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका कांग्रेस नेता डा. नारायण खड्काले उम्मेद्वार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन अनुरोध गरेका छन्। पूर्वमन्त्री समेत रहेका खड्काले फेसबुक स्टाटस लेख्दै आफ्नो नाम हटाउन कांग्रेस केन्द्रीय कार्यालयलाई अनुरोध गरेका हुन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा ...
— खोला किनारा क्षेत्रमा दायाँबायाँ २० मिटर मापदण्डसम्बन्धी पुनरावलोकन रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएस‌ँगै माइतीघर मण्डलामा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले यसअघि भएको फैसला मान्य नहुने भन्दै न्याय दिनुपर्ने प्ले कार्डसहित प्रदर्शन गरेका छन् । आज न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण ...