मुख्य समाचार
नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार
नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार

— नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा आइतबार थाइल्यान्डसँग ८ विकेटको फराकिलो हार व्यहोरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेर नेपालले दिएको १२३ रनको झिनो लक्ष्य थाइल्यान्डले मात्र १६ दशमलव ५ ओभरमा २ विकेटको इतिमा पूरा गर्‍यो । थाइल्यान्डको जितमा नात्थीकन ५थमले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ३९ बलमा १ छक्का र ९ चौकासहित ५७ रन जोडिन् । यस्तै नानपत कोचारियोङकाईले ३२ रन बनाउँदा अफिसरा शुवानचोनराथीले २८ रनको योगदान दिइन् ।

नेपालका लागि सीता रानामगरले २ विकेट निकाल्नुबाहेक अन्य कुनै पनि बलरले कसिलो बलिङ गर्न सकेनन् । त्यसअघि नेपाल त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा पूरा ब्याटिङ गरी १ सय २२ रनमा अलआउट भयो ।

सम्झना खड्का र विन्दु रावलले उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रममा धरासायी हुँदा नेपालले त्यसको फाइदा उठाउन सकेन। सम्झना र विन्दुले ६ ओभरभित्रै ५४ रन जोडेका थिए । तर सम्झना आउट भएपछि नेपालको रनमा अंकुश लागेको थियो भने लगातर विकेट पनि झरिरह्यो ।

सम्झनाले ११ बल खेलि ६ चौका प्रहार गरी २६ रन बनाइन् । विन्दुले ५६ बल खेलि ६ चौका प्रहार गरी ४४ रन बनाए । विन्दुको यो व्यक्तिगत उच्च स्कोर पनि हो । २०१९ मा कुवेतविरुद्ध अविजित २८ रन बनाउनु यसअघिको उनको उच्च स्कोर थियो ।

उपकप्तान पुजा महतो १७ बल खेलि १२, कप्तान इन्दु बर्मा ६ बल खेलि ६, कविता कुँवर ४ बल खेलि २ रनमा आउट भइन् । पूर्व कप्तान रुविना क्षेत्रीले २ छक्का र १ चौका प्रहार गरि १७ रनमा आउट भइन् । कविता जोशी ७ बल खेलि ३ रनमा आउट भइन् ।

सीता रानामगर शुन्यमै आउट भइन् । रिया शर्मा ४ र सुमन विष्ट शुन्यमा आउट भइन् । थिपात्चा पुथावोङले ४ विकेट लिइन् । उनले ४ ओभरमा २७ रन खर्चेकी थिइन् । ओनिचा कामचोम्फुले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिइन् ।



नेपाल सन् २०११ यता थाइल्यान्डमाथि अहिलेसम्म विजय हात पार्न सकेको छैन । गत वर्ष त्रिकोणात्मक शृंखलामा थाइल्यान्डसँगको तीनै खेलमा नेपाल पराजित रहेको थियो । गत वर्षको मार्चमा बैंककमा भएको एसिया छनोटमा विजेता र उपविजेता बन्दै थाइल्यान्ड र नेपाल यस प्रतियोगिताका लागि छनोट भएका थिए ।

१० राष्ट्र सहभागि प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले थाइल्यान्डपछि, जनवरी २२ मा नेदरल्यान्ड्ससँग, जनवरी २४ मा जिम्बावेसँग तथा जनवरी २६ मा स्कटल्यान्डसँग प्रतियोगिताको खेल्ने छ । नेपालले जिम्बावे र स्कटल्यान्डसँग पहिलो पटक खेल्न लागेको हो ।

समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका रहेका छन् । दुबै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने छन् । सुपर सिक्समा एकले अर्को टोलीसँग सामना गरेपछि शीर्ष चार टोली जुन–जुलाईमा इंग्ल्यान्ड र वेल्समा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छन् ।

यस प्रतियोगिता अघिको अभ्यास खेलमा नेपाललाई आयरल्यान्डले ९९ रनले र अमेरिकाले ६ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...