मुख्य समाचार
ग्रिनल्यान्डवासीले राजधानी नुकमा भेला भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड अधिग्रहण योजनाको विरोध
ग्रिनल्यान्डवासीले राजधानी नुकमा भेला भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड अधिग्रहण योजनाको विरोध

— ग्रिनल्यान्डवासीले राजधानी नुकमा भेला भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड अधिग्रहण योजनाको विरोध गरेका छन् ।

युरो न्युजले स्थानीय अधिकारीहरुलाई उद्रृत गर्दै यस प्रदर्शनमा ग्रिनल्यान्डको कुल जनसंख्याको झन्डै एक चौथाई सहभागी भएको जनाएको छ । ग्रिनल्यान्डमा झन्डै ५६ हजार जनसंख्या बसोबास गर्छ । यो प्रदर्शन ग्रिनल्यान्डको इतिहासकै ठूलो प्रदर्शन रहेको अधिकारीहरुले बताएका छन् ।

ग्रिनल्यान्डकी प्रधानमन्त्री जेन्स फ्रेडरिक निल्सेनसहित सांसद् तथा सरकारी अधिकारीहरु यस प्रदर्शनमा सहभागी थिए ।

प्रदर्शनकारीहरुले राष्ट्रिय झन्डासँगै ‘ग्रिनल्यान्ड बिक्रीमा छैन’ लेखिएको प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले ग्रिनल्यान्डको राजधानी नुकस्थित अमेरिकी कन्सुलेटको कार्यालयसम्म नाराबाजी गरेका थिए ।


ग्रिनल्यान्डकी सांसद् सदस्य टिल्ली मार्टिनुसेनले आफ्नो बहुलट्ठी योजनाबाट ट्रम्प प्रशासन पछाडि हट्ने आशा व्यक्त गरेकी छिन् । ‘सुरुमा उनीहरुले आफुलाई हाम्रा साथी र सहयात्रीजस्तो प्रचार गरेका थिए । उनीहरु डेनमार्कभन्दा आफुले ग्रिनल्यान्डलाई राम्रो बनाउने दाबी गरिरहेका थिए,’ उनले भने, ‘अहिले उनीहरु हामीलाई चेतावनी दिइरहेका छन् ।’

ग्रिनल्यान्डको पक्षमा शनिबारै डेनमार्कमा पनि प्रदर्शन भएको छ । कोपेनहेगनमा भएको यस प्रदर्शनमा पनि ठूलो संख्यामा मानिसहरु सहभागी थिए ।



एक्सन एड डेनमार्कसहित विभिन्न संस्थाहरुको सहकार्यमा आयोजित यस प्रदर्शनमा डेनमार्कस्थित ग्रिनल्यान्डवासीको ठूलो सहभागीता रह्यो । डेनिस अधिकारीहरुका अनुसार झन्डै १७ हजार ग्रिनल्यान्डवासी डेनमार्कमा बस्छन् ।

ग्निल्यान्डलाई अमेरिकामा गाभ्ने निर्णयसँग स्वयंम् अमेरिकावासी नै खुसी छैनन् । रोयटर्स र आईपीएसओएसले केही समयअघि गरेको सर्वेक्षणले केवल १७ प्रतिशत अमेरिकीहरुमात्रै ग्रिनल्यान्ड गाभ्ने ट्रम्पको योजनामा सहमत रहेको देखाएको थियो । ट्रम्पले यस सर्वेक्षण नै गलत रहेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच, ट्रम्पले आठवटा युरोपेली देशमाथि १० प्रतिशत भन्सार शुल्क बढाउने निर्णय गरेका छन् । गरेको समाचार बाहिरिएको थियो ।

ग्रिनल्यान्डको स्वायत्तताको पक्षमा उभिएका देशहरु डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्डस् र फिनल्यान्डमाथि १ फेब्रुअरीदेखि लागु हुनेगरी १० प्रतिशत भन्सार शुल्क बढाएका हुन् ।

उनले यो शुल्क २५ प्रतिशतले बढ्नसक्ने चेतावनी पनि दिएका छन् । फ्रान्सका राष्ट्रपति इममानुयल माक्रोनले, बेलायतका प्रधानमन्त्री कैर स्टार्मरसहित आठवटै देशका सरकार प्रमुखले भन्सार शुल्क बढाउने निर्णयको विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ईरानका सर्वोच्च नेता अली खामेनेईले हजारौं मानिसहरु आन्दोलनमा मारिएको स्वीकारेका छन् । शनिबार सार्वजनिक मन्तव्य जारी गर्दै उनले आन्दोलनमा हजारौं मानिस मारिएको र केही मानिसहरु अमानवीय रुपमा मारिएको स्वीकार गरे । ‘ईजरायल र अमेरिकासँग जोडिएकाहरुले ठूलो क्षति निम्त्याए र हजारौंको हत्या गरे,’ खामेनेईलाई उद्रृत गर्दै ईरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ, ‘हामी अमेरिकी राष्ट्रपतिलाई यो मृत्युमा अपराधी ...
— संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नह्यानले सबैका लागि अझ स्थिर र समृद्ध भविष्य निर्माणतर्फ युएई निरन्तर काम गर्दै जानेमा जोड दिएका छन् । जनवरी १७ मा मनाइने वार्षिक एकताको दिवसको अवसरमा सामाजिक सञ्जाल 'एक्स'मा सन्देश पोस्ट गर्दै शेख मोहम्मदले युएईको दीर्घकालीन दृढता तथा जनताको अटल संकल्प रहेको बताए । 'यस ...
— पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार अत्यन्त कम दृश्यताका कारण मिनी–ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो। दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा लगिएको ...
ट्रम्पको अध्यक्षतामा गाजामा शान्ति समिति गठन, डा. अली साथले अन्तरिम सरकारको नेतृत्व गर्ने
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जाको महत्त्वाकांक्षाविरुद्ध उभिने देशहरुमाथि ट्यारिफ थप गर्ने बढाउने बताएका छन् । व्हाइट हाउसमा एको एक बैठकमा ट्रम्पले भने, ‘यदि अरु देश ग्रिनल्यान्डका विषयमा साथ दिँदैनन् भने उनीहरुविरुद्ध ट्यारिफ थप गरिनेछ ।’ यद्यपि ट्रम्पले कुन–कुन देशविरुद्ध नयाँ ट्यारिफ थप गर्ने भन्ने विषयमा भने खुलाएका छैनन् । ग्रिनल्यान्डको आफ्नै सरकार भए पनि डेनमार्गकको ...