— नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष उक्त निर्णय बदर हुनुपर्ने मागसहित सर्वोच्च पुगेको छ ।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा रिट निवेदन लिएर सर्वोच्च पुगेको वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीले जानकारी दिए । उनका अनुसार रिट निवेदन पेस भएर अध्ययनको क्रममा छ ।
विशेष महाधिवेशन पक्षधरले विधि विधानविपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको भन्दै देउवा पक्षले उक्त महाधिवेशन अवैधानिक भन्दै आएको छ ।