— नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टाेपबहादुर रायमाझीले थुनामुक्त हुनुपर्ने माग गर्दै दिएको निवेदनमा सुनुवाइ स्थगित भएको छ ।
उच्च अदालत पाटनमा दर्ता भएको निवेदन आइतबार न्यायाधीशद्वय केशवप्रसाद बास्तोला र दीपककुमार खरेलको इजलासमा पेसी तोकिएको थियो । तर रायमाझीको पक्षबाट कानुन व्यवसायी राख्ने समय पाऊँ भनेर निवेदन दिएपछि स्थगित भएको उच्च अदालत पाटनले जनाएकाे छ ।
रायमाझीलाई यसअघि जिल्ला अदालत काठमाडौंले थुनामा पठाएको थियो । त्यसविरुद्ध उनी उच्च हुँदै सर्वोच्चसम्म पुगेका थिए । तर सबै अदालतले उनलाई थुनामा राख्ने निर्णय सदर गरेको थियो ।जिल्लाले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत पाटन पुगेका थिए ।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेले उनीसहितलाई अर्घाखाँचीबाट सिफारिस गरेपछि पुन: निवेदन दिएका थिए ।