मुख्य समाचार
५० प्रतिशत युवा उम्मेदवार बन्ने नेकपाको दाबी
५० प्रतिशत युवा उम्मेदवार बन्ने नेकपाको दाबी

— आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको टुंगो लाग्ने क्रम अन्तिम चरणमा पुगेको छ ।

माघ ६ गते मनोनयन दर्ता गर्नुपर्ने भएकाले दलहरु नाम टुंग्याउन व्यस्त छन् भने कतिपय निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम टुंगिइसकेको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपाले) ५० प्रतिशत युवा उम्मेदवार बन्ने दाबी गरेको छ । नेकपाले एकल सिफारिस भएका उम्मेदवारलाई स्वतः टिकट दिने भएको छ ।

नेकपा नेता वर्षमान पुनले सर्वसम्मत भएका व्यक्तिलाई प्रत्यक्ष उम्मेदवार बनाइने बताए । नेकपाले यस पटक कम्तीमा ५० प्रतिशत युवा उम्मेदवार बनाउने उनले जानकारी दिए । ‘यस पटक ५० प्रतिशत युवा उम्मेदवार पुर्‍याइनेछ,’ उनले भने, ‘एकभन्दा बढी उम्मेदवार भएका क्षेत्रमा छलफलबाट सहमति निकालिनेछ ।’

नेकपाका अर्का नेता बेदुराम भुसालले एकल सिफारिस भएका र एकभन्दा बढी भएका क्षेत्रका उम्मेदवारलाई टिकट वितरण थालिएको बताए ।

नेकपा संयोजक पुष्पकमल दाहाल रुकुम पूर्व र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार हुने निश्चित भएको छ । गत आम निर्वाचनमा दाहाल गोरखा–२ बाट र नेपाल रौतहट–१ बाट विजयी भएका थिए । दाहाललाई नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, रुकुमपूर्व र कैलाली–३ बाट प्रतिनिधिसभाका लागि सिफारिस गरिएको थियो ।

नेकपाका अन्य नेताहरू नारायणकाजी श्रेष्ठ सर्लाही–३, वामदेव गौतम बर्दिया–१ बाट उम्मेदवार हुने निश्चित जस्तै छ । एमाले पूर्वउपाध्यक्ष एवं नेता भीम रावल अछाम–१ बाट उम्मेदवार हुने निश्चित छ । नेता वर्षमान पुन रोल्पाबाट उम्मेदवार हुने भएका छन् । त्यस्तै, प्रकाश ज्वाला पुरानै स्थान सल्यानबाट उम्मेदवार हुने भएका छन् । पुन र ज्वालाले गत निर्वाचनमा ती क्षेत्रबाट जितेका थिए ।



भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चितवन–३ मा नेकपाबाट उम्मेदवार बन्ने तयारी छ । संयोजक दाहाल–पुत्री उनले मेयरबाट राजीनामा दिएर उम्मेदवार दिने तयारी गरेकी छन् । २०७४ को निर्वाचनमा त्यही क्षेत्रबाट संयोजक दाहाल विजयी भएका थिए । दाहालकी बुहारी बिना मगर कञ्चनपुर–१ बाट उठ्ने निश्चित छ ।

नागरिक उन्मुक्तिबाट एकता भई नेकपामा आएका लालवीर चौधरी बर्दिया–२, राष्ट्रिय मुक्ति पार्टीबाट समाहित भएका अभियन्ता सुमन सायमी काठमाडौं–८ बाट उठ्ने तयारी छ । झापा–५ मा ओलीको क्षेत्रमा नेकपाले अखिलका पूर्वअध्यक्ष रञ्जित तामाङ, जुम्लामा नरेश भण्डारी, कैलाली–५ मा प्रेम आले, बाजुरामा प्रकाश शाह, डोल्पामा धनबहादुर बुढालाई टिकट दिएको थियो ।

त्यस्तै पवर्तबाट मनहरि तिम्सेना, सिन्धुपाल्चोक–१ बाट माधव सापकोटा र सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल उम्मेदवार हुने भएका छन् । दोलखाबाट विशाल खड्का, सिन्धुली–२ बाट राजन दाहाल, ललितपुर–३ बाट राजकाजी महर्जन, भक्तपुर–२ बाट रामप्रसाद सापकोटा, रुकुम पश्चिमबाट गोपाल शर्मा उम्मेदवार बन्ने निश्चित छ । त्यस्तै गोरखा–१ बाट हरिराज अधिकारी र गोरखा–२ बाट अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले टिकट पाएका छन् । नेता देव गुरुङ लमजुङबाट सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्दै आएका कांग्रेस नेता डा. नारायण खड्काले उम्मेद्वार सिफारिस सूचीबाट आफ्नो नाम हटाउन अनुरोध गरेका छन्। पूर्वमन्त्री समेत रहेका खड्काले फेसबुक स्टाटस लेख्दै आफ्नो नाम हटाउन कांग्रेस केन्द्रीय कार्यालयलाई अनुरोध गरेका हुन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस कोशी प्रदेश कार्यसमितिबाट उदयपुर क्षेत्र नम्बर १ मा ...
— खोला किनारा क्षेत्रमा दायाँबायाँ २० मिटर मापदण्डसम्बन्धी पुनरावलोकन रिट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएस‌ँगै माइतीघर मण्डलामा सरोकारवालाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले यसअघि भएको फैसला मान्य नहुने भन्दै न्याय दिनुपर्ने प्ले कार्डसहित प्रदर्शन गरेका छन् । आज न्यायाधीशहरू सुनिल कुमार पोखरेल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण ...
— नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौँ नेता–कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार आयोजित कार्यक्रममा नेकपाका प्रभावशाली नेता यादवसहित दर्जनौँ नेता–कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा–मालासहित पार्टी प्रवेश गराएका हुन्। मधेश आन्दोलनबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि बनाएका यादवसँगै सर्लाही क्षेत्र नं. ...
— महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन थान रिट दर्ता भएका छन् । युवराज सफल, आयुष बडालसहित र दिनेश त्रिपाठीका तर्फवाट पेस भएको रिट दर्ता भएको हो । रिटको पहिलो पेसी माघ ६ गतेका लागि तोकिएको छ । उनीहरूको रिटमा महान्यायाधिवक्ताले सम्पत्ति शुद्धीकरण र संगठित अपराधजस्ता मुद्दा फिर्ता लिन नमिल्ने र अभियोगपत्र संशोधन भनिए पनि मुद्दा ...
— प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले सोमबार बेलुकासम्म १ सय ६५ निर्वाचन क्षेत्रकै उम्मेदवार तय गर्ने भएको छ । परिवर्तनलाई स्वीकार गर्ने, लोकप्रिय, योग्यता, क्षमता र स्थानीय तहमा उसको प्रभाव समेतलाई हेरेर उम्मेदवार छनोट हुने पार्टीका महामन्त्री गुरुराज घिमिरेले बताए । कांग्रेसको संसदीय बोर्डले सोमबारसम्म सम्पूर्ण टिकट वितरण सक्नेगरी छलफल सुरु गरेको छ । टिकट वितरणका लागि प्रदेशस्तरमा ...