मुख्य समाचार
ईरानका सर्वोच्च नेता अली खामेनेईले हजारौं मानिसहरु आन्दोलनमा मारिएको स्वीकारेका छन्
ईरानका सर्वोच्च नेता अली खामेनेईले हजारौं मानिसहरु आन्दोलनमा मारिएको स्वीकारेका छन्

— ईरानका सर्वोच्च नेता अली खामेनेईले हजारौं मानिसहरु आन्दोलनमा मारिएको स्वीकारेका छन् ।

शनिबार सार्वजनिक मन्तव्य जारी गर्दै उनले आन्दोलनमा हजारौं मानिस मारिएको र केही मानिसहरु अमानवीय रुपमा मारिएको स्वीकार गरे ।

‘ईजरायल र अमेरिकासँग जोडिएकाहरुले ठूलो क्षति निम्त्याए र हजारौंको हत्या गरे,’ खामेनेईलाई उद्रृत गर्दै ईरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ, ‘हामी अमेरिकी राष्ट्रपतिलाई यो मृत्युमा अपराधी मान्छौं । उनले ईरानमाथि क्षति र अपमान थोपरेका छन् ।’ ईरान सरकारले यसअघि पनि शत्रुहरुले दंगालाई समर्थन गरेको आरोप लगाउँदै आएको छ ।

शनिबार आफ्नो सम्बोधनमा खामेनेईले पछिल्लो अस्थिरतामा अमेरिका दोषी रहेको बताए । उनले यसअघि सामाजिक सञ्जालमा लेखेका थिए, ‘अमेरिकाको लक्ष्य ईरानलाई निल्नु हो ।’ ईरानमा २८ डिसेम्बरदेखि जारी सत्ताविरोधी आन्दोनलमा ज्यान गुमाउनेको यकिन संख्या बाहिरिएको छैन । फरक—फरक निकायले फरक फरक आंकडा बाहिर ल्याइरहेका छन् ।

यसअघि तेहरानका अस्पतालमा कार्यरत चिकित्सहरुलाई उद्रृत गर्दै बेलायती सञ्चारमाध्यम टाइम्सले कम्तिमा १२ हजारको मृत्यु भएको जनाएको थियो । अमेरिकास्थित ईरानी मानव अधिकार अभियन्ता समाचार एजेन्सी (एचआरएएनए) ले ३ हजार ९० जनाको मृत्यु भएको पुष्टि गरेको छ । तर, इन्टरनेट प्रतिबन्धका कारण स्पष्ट सूचना पाउन मुस्किल भएको उसले जनाएको छ ।

केही समयअघि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानका प्रदर्शनकारीहरुलाई आन्दोलन जारी राख्न आग्रह गरेका थिए । आन्दोलनमा सरकारले दमन गरेमा अमेरिकाले सैन्य हस्तक्षेप गर्नसक्ने चेतावनी पनि उनले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ग्रिनल्यान्डवासीले राजधानी नुकमा भेला भएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ग्रिनल्यान्ड अधिग्रहण योजनाको विरोध गरेका छन् । युरो न्युजले स्थानीय अधिकारीहरुलाई उद्रृत गर्दै यस प्रदर्शनमा ग्रिनल्यान्डको कुल जनसंख्याको झन्डै एक चौथाई सहभागी भएको जनाएको छ । ग्रिनल्यान्डमा झन्डै ५६ हजार जनसंख्या बसोबास गर्छ । यो प्रदर्शन ग्रिनल्यान्डको इतिहासकै ठूलो प्रदर्शन रहेको अधिकारीहरुले बताएका छन् । ग्रिनल्यान्डकी प्रधानमन्त्री ...
— संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नह्यानले सबैका लागि अझ स्थिर र समृद्ध भविष्य निर्माणतर्फ युएई निरन्तर काम गर्दै जानेमा जोड दिएका छन् । जनवरी १७ मा मनाइने वार्षिक एकताको दिवसको अवसरमा सामाजिक सञ्जाल 'एक्स'मा सन्देश पोस्ट गर्दै शेख मोहम्मदले युएईको दीर्घकालीन दृढता तथा जनताको अटल संकल्प रहेको बताए । 'यस ...
— पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने केही अन्य व्यक्ति घाइते भएका छन्। उद्धार अधिकारीहरूका अनुसार अत्यन्त कम दृश्यताका कारण मिनी–ट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो। दुर्घटनास्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेहरूलाई तत्काल नजिकका अस्पतालमा लगिएको ...
ट्रम्पको अध्यक्षतामा गाजामा शान्ति समिति गठन, डा. अली साथले अन्तरिम सरकारको नेतृत्व गर्ने
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जाको महत्त्वाकांक्षाविरुद्ध उभिने देशहरुमाथि ट्यारिफ थप गर्ने बढाउने बताएका छन् । व्हाइट हाउसमा एको एक बैठकमा ट्रम्पले भने, ‘यदि अरु देश ग्रिनल्यान्डका विषयमा साथ दिँदैनन् भने उनीहरुविरुद्ध ट्यारिफ थप गरिनेछ ।’ यद्यपि ट्रम्पले कुन–कुन देशविरुद्ध नयाँ ट्यारिफ थप गर्ने भन्ने विषयमा भने खुलाएका छैनन् । ग्रिनल्यान्डको आफ्नै सरकार भए पनि डेनमार्गकको ...