— नेपाली कम्युनिस्ट पार्टीबाट विश्वदेव पाण्डे प्रदेश सभाको प्रत्यक्षतर्फमा रुपन्देही २ बाट उम्मेदवार भएका छन् ।
उनलाई नेकपा संयोजक पुष्पकमल दाहालले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् ।
उनी यसअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रहिसकेका छन् ।
भट्टराईले नयाँ शक्तिको रुपमा नेकपा समाजवादी नयाँ शक्ति गठन गरेपछि केही समय काम गरेका उनी नेकपामा फर्किएका थिए ।