— कांग्रेस नेता तथा प्रतिनिधि सभा क्षेत्र नं. ३ बाट एकल नाम सिफारिस भएका कांग्रेस नेता वीरेन्द्रकुमार कानोडिया एमाले प्रवेश गरेका छन् । पूर्व लुम्बिनी प्रदेश सभा सदस्य कनोडिया शनिबार काठमाडौंमा एमाले प्रवेश गरेका हुन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीबाट सदस्यता ग्रहण गर्दै आफू एमालेमा प्रवेश गरेको बताए । कांग्रेसमा किचलो बढ्दै जाँदा प्रतिनिधि सभा सदस्यका लागि क्षेत्र नं. ३ बाट टिकट नपाउने आकलन गरी उनी एमाले प्रवेश गरेको बताइएको छ । एमालेबाट क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिन टिकटको सुनिश्चित भएपछि उनी एमाले प्रवेश गरेका हुन् ।
कांग्रेसमा बढ्दो विवाद, गुट–उपगुटमा फस्नुभन्दा एमालेमा जान उचित लागेकाले प्रवेश गरेको कानोडियाले बताए । उनी कांग्रेसबाट तकालीन जिल्ला विकास समिति उपसभापति तथा संघीय जलस्रोत राज्यमन्त्रीसमेत भएका थिए ।