मुख्य समाचार
रुसी सेनामा भर्ती भएका कञ्चनपुरका युवा दुई वर्षदेखि सम्पर्कविहीन
रुसी सेनामा भर्ती भएका कञ्चनपुरका युवा दुई वर्षदेखि सम्पर्कविहीन

: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामान्य परिवारमा हुर्किएका २३ वर्षीय दिनेश नायक परिवारको आर्थिक अवस्था सुधार्ने उज्यालो भविष्यको सपना बोकेर २०८० असारमा अध्ययन भिसामा रुस उडे।


दिनेशका बुबा कर्णसिंह नायकका अनुसार दिनेश २०८० असार ८ गते घरबाट रुसका लागि बिदा भएका थिए। काठमाडौंंको एक साता बसाइपछि रुस उडे। रुस पुगेपछि कलेजमा भर्ना पनि भएका थिए। होस्टेलमा बस्ने गरेका उनी बिदाको समय मिलाएर काम पनि गर्न थालेका थिए। ‘होस्टेलमा बसेको एक महिनापछि भदौमा छोराले रुसी सेनामा भर्ना भएँ भनेर फोन गरेको थियो।’ दिनेशका बुबा कर्णले भने, ‘युद्धमा जान्थ्यो कहिले दश दिन कहिले एक हप्तामा फर्केर आएपछि फोन गथ्र्यो।’ कात्तिकको अन्तिमतिर बुबालाई फोन गरेर एक लाख नेपाली तलब पाएको र ७३ हजार खातामा पठाउँको बताएका थिए। ‘मलाई ७३ हजार तपाईंको खतामा पठाउँ बाँकी मेरो खर्च राखे भनेर फोन गरेको थियो।’ उनले भने, ‘त्यसपछि अन्तिमपटक मंसिर १० गते छोरासँग सम्पर्क भएको थियो, त्यसपछि सम्पर्क भएको छैन।’


छोराले रुसी सेनामा भर्ना भएको जानकारी गराएदेखि परिवार चिन्तामा थियो। दिनेशलाई घर फर्किन परिवारले सम्झाइबुझाइ गरे पनि उनले मानेनन्। दिनेश रुसी सेनामा गएपछि दुई÷तीनपटक कुराकानी भएको उनकी भाउजू भागरथी नायकले बताइन्। ‘उनीसँगै गएका रोहन नायक पनि रुसी सेनामा गएका थिए उनी घर फर्किएर अहिले रोजगारीका लागि दुबईमा छन्।’ उनले भनिन्, ‘मंसिर १० गते राति २ बजेको भ्वाइस म्यासेज छ, त्यसपछि



सम्पर्क भएन।’
दुई वर्षदेखि छोरासँगको सम्पर्क टुटेपछि उनको परिवार पीडामा छ। दिनेशकी आमाबुबा विक्षिप्त छन्। ‘युद्धमा आज वा भोलि कहिले लग्छन् भनेको भ्वाइस म्यासेज उनकी भाउजूको फोनमा छ।’ दिनेशकी आमा कमलादेवीले भावुक हुँदै भनिन्, ‘फोन लग्न दिँदैन अफिसमै हुन्छ, फिर्ता आएपछि फोन गर्छु मेरो चिन्ता नगर्नु भनेको थियो।’

परिवारले दुई वर्षयता दिनेशको अवस्था थाहा पाउन सकेको छैन। पढाइका लागि भनेर ऋण खोजेर विदेश पठाउँको छोरा सम्पर्कविहीन भएपछि परिवार एकातिर छोराको र अर्कोतिर ऋण तिर्ने चिन्तामा छ। छोराको खोजीका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन्। परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई दिनेशलाई नेपाल फिर्ता पठाउँन आवश्यक पहल गरिदिन २०८१ साउन १४ गते नेपाली दूतावासलाई पत्राचार गरेको छ। तर, अहिलेसम्म थप जानकारी परिवारले पाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...