मुख्य समाचार
रुसी सेनामा भर्ती भएका कञ्चनपुरका युवा दुई वर्षदेखि सम्पर्कविहीन
रुसी सेनामा भर्ती भएका कञ्चनपुरका युवा दुई वर्षदेखि सम्पर्कविहीन

: कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित सामान्य परिवारमा हुर्किएका २३ वर्षीय दिनेश नायक परिवारको आर्थिक अवस्था सुधार्ने उज्यालो भविष्यको सपना बोकेर २०८० असारमा अध्ययन भिसामा रुस उडे।


दिनेशका बुबा कर्णसिंह नायकका अनुसार दिनेश २०८० असार ८ गते घरबाट रुसका लागि बिदा भएका थिए। काठमाडौंंको एक साता बसाइपछि रुस उडे। रुस पुगेपछि कलेजमा भर्ना पनि भएका थिए। होस्टेलमा बस्ने गरेका उनी बिदाको समय मिलाएर काम पनि गर्न थालेका थिए। ‘होस्टेलमा बसेको एक महिनापछि भदौमा छोराले रुसी सेनामा भर्ना भएँ भनेर फोन गरेको थियो।’ दिनेशका बुबा कर्णले भने, ‘युद्धमा जान्थ्यो कहिले दश दिन कहिले एक हप्तामा फर्केर आएपछि फोन गथ्र्यो।’ कात्तिकको अन्तिमतिर बुबालाई फोन गरेर एक लाख नेपाली तलब पाएको र ७३ हजार खातामा पठाउँको बताएका थिए। ‘मलाई ७३ हजार तपाईंको खतामा पठाउँ बाँकी मेरो खर्च राखे भनेर फोन गरेको थियो।’ उनले भने, ‘त्यसपछि अन्तिमपटक मंसिर १० गते छोरासँग सम्पर्क भएको थियो, त्यसपछि सम्पर्क भएको छैन।’


छोराले रुसी सेनामा भर्ना भएको जानकारी गराएदेखि परिवार चिन्तामा थियो। दिनेशलाई घर फर्किन परिवारले सम्झाइबुझाइ गरे पनि उनले मानेनन्। दिनेश रुसी सेनामा गएपछि दुई÷तीनपटक कुराकानी भएको उनकी भाउजू भागरथी नायकले बताइन्। ‘उनीसँगै गएका रोहन नायक पनि रुसी सेनामा गएका थिए उनी घर फर्किएर अहिले रोजगारीका लागि दुबईमा छन्।’ उनले भनिन्, ‘मंसिर १० गते राति २ बजेको भ्वाइस म्यासेज छ, त्यसपछि



सम्पर्क भएन।’
दुई वर्षदेखि छोरासँगको सम्पर्क टुटेपछि उनको परिवार पीडामा छ। दिनेशकी आमाबुबा विक्षिप्त छन्। ‘युद्धमा आज वा भोलि कहिले लग्छन् भनेको भ्वाइस म्यासेज उनकी भाउजूको फोनमा छ।’ दिनेशकी आमा कमलादेवीले भावुक हुँदै भनिन्, ‘फोन लग्न दिँदैन अफिसमै हुन्छ, फिर्ता आएपछि फोन गर्छु मेरो चिन्ता नगर्नु भनेको थियो।’

परिवारले दुई वर्षयता दिनेशको अवस्था थाहा पाउन सकेको छैन। पढाइका लागि भनेर ऋण खोजेर विदेश पठाउँको छोरा सम्पर्कविहीन भएपछि परिवार एकातिर छोराको र अर्कोतिर ऋण तिर्ने चिन्तामा छ। छोराको खोजीका लागि परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन्। परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई दिनेशलाई नेपाल फिर्ता पठाउँन आवश्यक पहल गरिदिन २०८१ साउन १४ गते नेपाली दूतावासलाई पत्राचार गरेको छ। तर, अहिलेसम्म थप जानकारी परिवारले पाउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...