मुख्य समाचार
कांग्रेस उपसभापति शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस
कांग्रेस उपसभापति शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस

— नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ ।

शनिबार बसेको कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए । सिफारिस हुनेमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहेका छन् ।

पार्टीका तत्कालीन महामन्त्री एवम् वर्तमान उपसभापति शर्मा २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

गत महिना पार्टी क्षेत्रीय समितिले उपसभापति शर्माको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । शर्माले यसपटक उम्मेदवार नबन्ने घोषणा गरेपछि पुनः नयाँ नाम सिफारिस गरिएको क्षेत्रीय सभापति बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कम्युनिस्ट पार्टीबाट विश्वदेव पाण्डे प्रदेश सभाको प्रत्यक्षतर्फमा रुपन्देही २ बाट उम्मेदवार भएका छन् । उनलाई नेकपा संयोजक पुष्पकमल दाहालले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् । उनी यसअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रहिसकेका छन् । भट्टराईले नयाँ शक्तिको रुपमा नेकपा समाजवादी नयाँ शक्ति गठन गरेपछि केही समय काम गरेका उनी नेकपामा फर्किएका थिए ।
— फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छान्न राजनीतिक दलहरू व्यस्त छन् । ६ माघमा उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्नेछ । जेन–जी आन्दोलनको रापतापका कारण यस पटक नयाँ–पुराना दलहरूले युवा उम्मेदवारलाई प्राथमिकतामा राख्ने प्रयास गरेका छन् । दलहरूले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट प्रत्यक्षतर्फ उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । सिफारिस नामहरूमा दलका उम्मेदवार छनोट समितिले अन्तिम सूची बनाउने तयारी ...
— पशुपतिमा रहेको बागमती नदीमा भगवान माधव नारायण र देवी स्वस्थानीका बर्तालु हरूले पवित्र स्नान गरे। प्राचीन शहर साँखुबाट बर्तालु हरू पशुपतिनाथ आइपुगेका थिए। भगवान माधव नारायण र देवी स्वस्थानीलाई समर्पित एक महिना लामो पर्व पौष शुक्ल पूर्णिमा (पूर्णिमाको दिन) मा सुरु हुन्छ र नेपाली पात्रो अनुसार माघ शुक्ल पूर्णिमामा समाप्त हुन्छ।
— नजिकै इटहरी र विराटनगरमा कुनै चुनावी चहलपहल छैन, धरानमा भने एकाबिहानै हर्क साम्पाङको गीत घन्किन्छ, श्रम संस्कृति पार्टीका नेता, कार्यकर्ता भोट माग्दै सडकमा निस्किन्छन् । हर्कको आफ्नै स्वरमा रहेको ‘श्रम गरौं नेपाली हो, भोकै मर्ने दिन आइसक्यो’ गीतको धुनले मतदाताले बुझ्छन्, श्रम संस्कृति पार्टीका अध्यक्ष यहीं कतै आइपुगे । धरान–९, दुर्गा चोकमा शुक्रबार दिउँसो ११ बजे ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फका ७ उम्मेदवार टुंग्याएको छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा धेरैजनाको नाम सिफारिस भएपछि उम्मेदवारको टुंगो लागेको छैन । अहिलेसम्म कर्णालीमा पूर्वमाओवादीबाट ५ र साविक एकीकृत समाजवादीबाट २ जनाले उम्मेदवारको टिकट पाएका छन् । नेकपाबाट सुर्खेत क्षेत्र नं.–१ मा जीतबहादुर राना ...