मुख्य समाचार
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन एवम् जनसभा गर्ने
नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन एवम् जनसभा गर्ने

: नेकपा एमालेले आज काठमाडौँमा जनप्रदर्शन एवम् जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा आज दिउँसो काठमाडौँको भृकुटीमण्डपमा निर्वाचन केन्द्रित जनप्रदर्शन हुने भएको हो ।


भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन, कमलादीमा पुगेर जनसभामा परिणत हुने प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिए।


मध्यान्ह १२ बजेदेखि हुने प्रदर्शनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत सम्बोधन गर्ने बताइएको छ। एमालेले केही निर्वाचन क्षेत्रबाहेकमा प्रतिनिधि सभा सदस्यको उम्मेदवार टुंग्याएको छ। बागमती प्रदेश कमिटीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विशेष चुनावी अभियानको थालनी गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाली कम्युनिस्ट पार्टीबाट विश्वदेव पाण्डे प्रदेश सभाको प्रत्यक्षतर्फमा रुपन्देही २ बाट उम्मेदवार भएका छन् । उनलाई नेकपा संयोजक पुष्पकमल दाहालले आइतबार बिहान टिकट हस्तान्तरण गरेका हुन् । उनी यसअघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रहिसकेका छन् । भट्टराईले नयाँ शक्तिको रुपमा नेकपा समाजवादी नयाँ शक्ति गठन गरेपछि केही समय काम गरेका उनी नेकपामा फर्किएका थिए ।
— फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार छान्न राजनीतिक दलहरू व्यस्त छन् । ६ माघमा उम्मेदवारले मनोनयन दर्ता गर्नुपर्नेछ । जेन–जी आन्दोलनको रापतापका कारण यस पटक नयाँ–पुराना दलहरूले युवा उम्मेदवारलाई प्राथमिकतामा राख्ने प्रयास गरेका छन् । दलहरूले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट प्रत्यक्षतर्फ उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । सिफारिस नामहरूमा दलका उम्मेदवार छनोट समितिले अन्तिम सूची बनाउने तयारी ...
— पशुपतिमा रहेको बागमती नदीमा भगवान माधव नारायण र देवी स्वस्थानीका बर्तालु हरूले पवित्र स्नान गरे। प्राचीन शहर साँखुबाट बर्तालु हरू पशुपतिनाथ आइपुगेका थिए। भगवान माधव नारायण र देवी स्वस्थानीलाई समर्पित एक महिना लामो पर्व पौष शुक्ल पूर्णिमा (पूर्णिमाको दिन) मा सुरु हुन्छ र नेपाली पात्रो अनुसार माघ शुक्ल पूर्णिमामा समाप्त हुन्छ।
— नजिकै इटहरी र विराटनगरमा कुनै चुनावी चहलपहल छैन, धरानमा भने एकाबिहानै हर्क साम्पाङको गीत घन्किन्छ, श्रम संस्कृति पार्टीका नेता, कार्यकर्ता भोट माग्दै सडकमा निस्किन्छन् । हर्कको आफ्नै स्वरमा रहेको ‘श्रम गरौं नेपाली हो, भोकै मर्ने दिन आइसक्यो’ गीतको धुनले मतदाताले बुझ्छन्, श्रम संस्कृति पार्टीका अध्यक्ष यहीं कतै आइपुगे । धरान–९, दुर्गा चोकमा शुक्रबार दिउँसो ११ बजे ...
— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फका ७ उम्मेदवार टुंग्याएको छ । कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये ५ क्षेत्रमा धेरैजनाको नाम सिफारिस भएपछि उम्मेदवारको टुंगो लागेको छैन । अहिलेसम्म कर्णालीमा पूर्वमाओवादीबाट ५ र साविक एकीकृत समाजवादीबाट २ जनाले उम्मेदवारको टिकट पाएका छन् । नेकपाबाट सुर्खेत क्षेत्र नं.–१ मा जीतबहादुर राना ...