मुख्य समाचार
गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित नै रहेको नयाँ अध्ययनको निष्कर्ष
गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित नै रहेको नयाँ अध्ययनको निष्कर्ष

— गर्भावस्थामा पारासिटामोलको प्रयोग सुरक्षित रहेको नयाँ अध्ययनले देखाएको छ । यसको प्रयोग गर्दा बच्चामा अटिजम वा विकास अवरोधजस्ता समस्या देखिने कुनै आधार पनि नरहेको यसले जनाएको छ ।

यसअघि गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पारा सिटामोल स्वास्थ्यका लागि प्रतिकुल रहेकाले यसको प्रयोग गर्न आग्रह गरेका थिए । तत्कालै स्वास्थ्य संस्थाहरुदले उनको अभिव्यक्तीको आलोचना पनि गरेका थिए ।

लान्सेट जर्नलमा प्रकाशित नयाँ रिभ्युमा यसको सुरक्षालाई लिएर बहस अन्त्य गरिनुपर्ने उल्लेख छ ।

यसअघि गत वर्ष ट्रम्प प्रशासनले पारासिटामोल र टायलेनोल (गर्भावस्थामा महिलाले लिने पेनकिलर) ले गर्भको बच्चामा अटिजम गराउनसक्ने बताएका थिए ।

यसले स्वास्थ्यकर्मी र गर्भवति महिलाहरुमा दुविधा उत्पन्न गराएको थियो । नयाँ अध्ययनले त्यसलाई खारेज गरेको छ ।

‘लान्सेट अब्सेट्रिक्स, गाइनोकोलोजी एन्ड वुमन्स हेल्थ’ मा प्रकाशित यस प्रतिवेदनले गर्भावस्थामा पारासिटामोलको प्रयोग सम्बन्धी ४३ वटा अध्ययन–प्रतिवेदनलाई विश्लेषण गरेको थियो । ती अध्ययनहरुमा लाखौं महिला समावेश थिए ।

अध्ययनले गर्भावस्थामा औषधी सेवन गर्ने आमा र औषधि सेवन नगर्ने आमाहरुको तुलनात्मक अध्ययन पनि गरेको थियो ।



‘जब हामीले यो विश्लेषण गर्‍यौं । तब पारासिटामोलले अटिजमको जोखिम बढाउने कुनै पनि प्रमाण देखेनौं । कुनै सम्बन्ध भेटिएन,’ अध्ययनकी लिड स्टडी लेखिका तथा परामर्शदाता अब्स्टेट्रिसियन प्रोफेसर आस्मा खालिलले भनिन् , ‘सन्देश स्पष्ट छ , चिकित्सकको निर्देशनअनुसार प्रयोग गर्दा पारासिटामोल गर्भावस्थामा सुरक्षित विकल्प मानिन्छ ।’

सेन्ट जर्ज, युनिभर्सिटी अफ लण्डनमा प्रोफेसर रहेकी खलिले थपिन्, ‘यो महत्वपूर्ण छ , किनकी पारासिटामोल हामीले गर्भवति महिलालाई दुखाई वा ज्वरोमा प्रयोग गर्नका लागि सिफारिस गर्ने पहिलो औषधि हो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम