मुख्य समाचार
देउवा, कोइराला र खड्काबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौं
देउवा, कोइराला र खड्काबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौं

— कांग्रेस सभापति गगन थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट अभिभावक र संरक्षकको भूमिका निर्वाह हुने अपेक्षा रहेको बताएका छन् ।

सभापति थापाले शनिबार बोलाइएको केन्द्रीय समितिको बैठकअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पार्टीमा देखिएका विमति तत्काल अन्त्य गर्नुपर्ने बताए । 'पार्टीका सबै साथीहरू एक ठाउँमा जम्मा हौं । निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावक र संरक्षकको भूमिका अपेक्षा गरेका छौं । उहाँले देशभरिका साथीहरूलाई भनिदिनुपर्छ- अब यो रोक । एक चरणसम्म हाम्रा विमतिहरू रहे, किनकि उहाँ त कार्यकारी भूमिकामा हुनुहुन्नथ्यो । वरिष्ठ नेता शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि त्यो भूमिका अपेक्षा गरेका छौं,' सभापति थापाले भने ।

पार्टीभित्रका नेताहरूसँग नवनिर्वाचित पदाधिकारी र नेताहरूले कुराकानी गरिरहेको बताउँदै सभापति थापाले केही दिनभित्रमै सबै नेता एक ठाउँमा बसेर आगामी निर्णय लिने बताए । 'दुई-तीन दिनभित्र सबै एक ठाउँमा आएर पार्टीलाई अगाडि बढाएको देख्न सक्नुहुन्छ । संवादको थालनी गरिसकेको छु । पार्टीका साथीहरूसँग विभिन्न तहमा छलफल भएको छ,' उनले भने । पार्टीका सबै पक्षलाई समेटेर अगाडि बढाउने उनको भनाइ थियो ।

पार्टीको आधिकारिकता गगन थापा नेतृत्वको नयाँ निर्वाचित समितिलाई हुने भनी निर्वाचन आयोगले शुक्रबार निर्णय गरेको थियो । उक्त निर्णयपछि निवर्तमान कार्यवाहक सभापति खड्काले आपत्ति जनाउँदै राजनीतिक र कानुनी लडाइँ लड्ने भन्दै आक्रोश व्यक्त गरेका थिए ।


सभापति थापाले यस सम्बन्धमा भने, 'कांग्रेस विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुने कुरा टुंगिएपछि यो विधानसम्मत भएन कि भनेर निर्वाचन आयोगमा जाने र परीक्षण गर्ने कुरा पार्टीका साथीहरूले गर्नुभयो । त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । हामी पनि निर्वाचन आयोग गएका हौं ।'

थापाले आधिकारिकताको विवाद टुंगो लागिसकेपछि अब एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । नयाँ युगको नयाँ चेतनाअनुसारको कांग्रेस पार्टी निर्माण गर्नका लागि नयाँ र पुराना पुस्ताका नेताहरूलाई समेटेर लैजाने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई विभिन्न पाँचबुँदे निर्देशन दिएको छ र बोर्डले बीमितको रोग र स्वास्थ्य अवस्थासँग सम्बन्धित नभएका अनावश्यक परीक्षण गराए त्यस्तो परीक्षणको दाबी अस्वीकृत गर्ने चेतावनी दिएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ अनुसार सम्झौता गरी सेवा प्रदान गरिरहेका स्वास्थ्य संस्थालाई पत्राचार गर्दै बीमितलाई अनावश्यक ...
। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई आवश्यक स्वास्थ्यकर्मी तथा कर्मचारीको व्यवस्थापन गरी आकस्मिक, शल्यक्रिया, प्रसूति र सघन उपचार सेवा नियमित राख्न आग्रह गरेको हो । मन्त्रालयले बिदाका समयमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न ...
। काठमाडौं महानगरपालिकाले साँघुरा गल्ली र अत्यधिक सवारी चापका कारण बिरामीसम्म एम्बुलेन्स पुग्न कठिन हुने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शुक्रबारदेखि सेवा सञ्चालनमा ल्याइएको जानकारी दिइन् । उनका अनुसार चारपाङ्ग्रे एम्बुलेन्स पुग्न कठिन हुने र ट्राफिक जामका कारण ढिलाइ हुने स्थानमा बाइक एम्बुलेन्स उपयोगी हुने अपेक्षा ...
। दशैं तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ । सरकारले चाडपर्वका बेला सीमा नाकामा यात्रुको चाप हुने भएकाले विभिन्न सङ्क्रामक रोग भित्रिन नदिन सीमा नाकामा रहेका हेल्थ डेस्कमा मलेरिया, क्षयरोग, एचआइभी, कोभिड, डेङ्गु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण भइरहेको हो । भारतबाट फर्किने नागरिकमा हुनसक्ने विभिन्न रोगको पहिचान ...
। स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम