मुख्य समाचार
धनकुटा हात्तीखर्कका खेलप्रेमी युवाको सक्रियतामा खेल मैदानकालागि चन्दा संकलनबाट जग्गा खरिद
धनकुटा हात्तीखर्कका खेलप्रेमी युवाको सक्रियतामा खेल मैदानकालागि चन्दा संकलनबाट जग्गा खरिद

— धनकुटा हात्तीखर्कका खेलप्रेमी युवाको सक्रियतामा खेल मैदानकालागि चन्दा संकलनबाट जग्गा खरिद गरिएको छ ।

छथर जोरपाटी १ हात्तीखर्कका युवाले २३ लाख ५० हजार रुपैयाँ चन्दा संकलन गरी टारीमा खेल मैदानकालागि साढे ६ रोपनी जग्गा खरिद गरेका हुन्।

वर्षौदेखि खेल पूर्वाधार अभाव झेल्दै आएका टारी क्षेत्रका युवाले सात महिनादेखि सहयोग संकलन अभियान चलाएका थिए। टारीमेला खेलकुद विकास समिति दर्ता गरी जग्गा खरिद गरेका हुन्।

गाउँघरमा आयोजना हुने फुटबल र भलिबललगायत खेलकुद प्रतियोगिता संचालन गर्न पूर्वाधार अभाव भएपछि सहयोग संकलन अभियान चलाइएको टारीमेला खेलकुद विकास समितिका सदस्य भीमराज लिम्बुले जानकारी दिए।

उनले खेल मैदानकालागि जग्गा खरिद गर्न स्थानीय बासिन्दा, खेलाडी, पूर्वखेलाडी, विदेशमा रहेका युवासमक्ष सहयोगको आहृवान गरेर सहयोग रकम जुटाएको जनाए।

खेल मैदानका लागि जग्गा खरिद गर्न गगन कटवालले १ लाख ५१ हजार रुपैयाा उपलब्ध गराएका छन् । अर्का दाता सुवास तिगेलाले १ लाख २० हजार, आनन्द लिम्बुले १ लाख ११ हजार र समिर लिम्बुले १ लाख १ हजार रुपैयाा सहयोग उपलब्ध गराएका हुन्। जग्गा खरिद गरिएको स्थानमा चरणबद्ध रुपमा खेल पूर्वाधार तयार गर्ने योजना रहेको टारीमेला खेलकुद बिकास समितिका सदस्य भीमराज लिम्बुले जनाए।

छथर जोरपाटी गाउापालिकाले जमिन सम्याउन १ लाख ९० हजार रुपैयाा उपलब्ध गराएको छ । उक्त रकमले समिति मार्फत खेल संचालन गर्न मैदान सम्याउने काम गरिएको लिम्बुले बताए। अहिले टारी खेल मैदानमा अन्तर वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताका साथै महिला फुटबल खेल संचालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...