मुख्य समाचार
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा लिलाई ३–० ले पराजित
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग वानमा लिलाई ३–० ले पराजित

— चोटबाट मुक्त हुने प्रयासमा रहेका ओसमन डेम्बेलेको उत्कृष्ट प्रदर्शनको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शुक्रबार राति फ्रान्सेली लिग वानमा लिलाई ३–० ले पराजित गरेको छ ।

यस जितपछि पीएसजी कम्तीमा दुई दिनका लागि लिग तालिकाको शीर्ष स्थानमा छ । पीएसजीको १८ खेलबाट ४२ अंक भएको छ र यो दोस्रोमा रहेका लेन्समाथि दुई अंकको अग्रता हो ।

डेम्बेलेले १३ र ६४ औं मिनेटमा गोल गरे । यस्तै ब्राडली बारकोलालले दोस्रो हाफको इन्ज्युरी समयको तेस्रो गोल गरे । डेम्बेले बेलन डे अर जितेयता घाइते भएका थिए र अहिले पूर्णतः निको हुने प्रयासमा छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— धनकुटा हात्तीखर्कका खेलप्रेमी युवाको सक्रियतामा खेल मैदानकालागि चन्दा संकलनबाट जग्गा खरिद गरिएको छ । छथर जोरपाटी १ हात्तीखर्कका युवाले २३ लाख ५० हजार रुपैयाँ चन्दा संकलन गरी टारीमा खेल मैदानकालागि साढे ६ रोपनी जग्गा खरिद गरेका हुन्। वर्षौदेखि खेल पूर्वाधार अभाव झेल्दै आएका टारी क्षेत्रका युवाले सात महिनादेखि सहयोग संकलन अभियान चलाएका थिए। टारीमेला खेलकुद विकास ...
— नेपाली क्रिकेट टोलीलाई पूर्व सांसद एवं नोबेल अस्पतालका प्रबन्ध निर्देशक सुनिल शर्माले ३० लाख प्रदान गरेका छन् । गत सेप्टेम्बरमा यूएईको शारजाहमा भएको वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी–२० शृंखलामा विजय हात पारे नेपाली टोलीलाई ३० लाख प्रदान गर्ने घोषणा गरेका थिए । टेस्ट राष्ट्रसँग पहिलो पटक शृंखला खेल्ने क्रममा नेपालले वेस्ट इन्डिजसँगको सो शृंखला ऐतिहासिक ...
: आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान)ले फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुन लागेको टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको हो। विश्वकपअघि नेपाली क्रिकेट टोलीले श्रीलंका र भारत भ्रमण गर्दै दुईवटा अभ्यास सिरिज खेल्नेछ ...
: काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा त्रिभुवन आर्मी क्लबले शानदार विजयी सुरुवात गरेको छ। शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै आर्मी क्लबले शानदार विजयी सुरुवात गरेको हो। आर्मीको जितमा निराजन धामीले खेलको ३४ औँ र ७७ औँ मिनेटमा दुई गोल गरे। त्यस्तै नवीन लामाले खेलको १५ औँ ...
: एन्फा राष्ट्रिय लिग २०८२ अन्तर्गत मच्छिन्द्र फुटबल क्लबले न्युरोड क्लब (एनआरटी)लाई पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ७:३० बजेबाट सुरु भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले एनआरटीलाई १-० ले पराजित गरेको हो। मछिन्द्र फुटबल क्लबका अलिक श्रेष्ठले खेलको ६२ औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो। पहिलो हाफ शून्य बराबरीमा सकिँदा ...