: विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन आयोगको निर्णय सबैले स्विकार्नुपर्ने बताएका छन्। नवनिर्वाचित कांग्रेसको केन्द्रीय समिति बैठक अगाडि आज पत्रकारसँग कुरा गर्दै उनले भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनमा सहभागी भएपनि नभएपनि त्यो च्याप्टर सकिएर पार्टी अगाडि बढिरहेको बताएका हुन्।
उनले निवर्तमान सभापति शेरबहादुर देउवाले संरक्षकको भूमिकामा रहेर सन्देशमार्फत पार्टीमा फर्कन आह्वान गर्नुपर्ने बताउनुपर्ने बताए। थापाले भने, ‘आयोगका निर्णयलाई सबै एकैठाउँमा बसेर कार्यान्वयन गर्नुपर्छ। पार्टीका सबै एकै ठाउँमा जम्मा होउँ। निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको संरक्षकको भूमिकामा रहनुपर्छ र उहाँले अब देशभरका साथीलाई रोक/ सकियो भनेर आह्वान गर्नुपर्छ।’
उनले शेखर कोइराला र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर थापाले पनि सोही भूमिका खेलेर पार्टीलाई अगाडि बढाउनुपर्ने धारणा राखे।
उनले एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउने बताए। थापाले स्थापनाकालीन मूल्यमान्यतालाई जोगाउने र नयाँ पार्टी बनाउन पुराना र युवापुस्तालाई समेटेर अगाडि बढ्ने बताए। उनले १/२ दिन भित्रमा नै सबै कुरा टुंग्याउने उल्लेख गरे।
थापाले ६ गते प्रतिनिधि सभाको उम्मेदवारको मनोनयनको समय रहेकाले टाइमको प्रेसर रहेको बताए।