: विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवीन कांग्रेसमार्फत अगाडि बढ्ने बताएका छन्। आज पत्रकारसँग उनले निर्वाचन आयोगले गरेको निर्णयलाई आत्मसाथ गर्दै कांग्रेस अगाडि बढ्ने बताएका हुन्।
उनले भने,‘निर्वाचन आयोगको निर्णयलाई साथीहरूले आत्मसाथ गर्नु नै हुनेछ। एकताबद्ध भएर निर्वाचनमा अगाडि बढ्छौं। निर्वाचनमात्र होइन, नवीन कांग्रेसमार्फत नवीन समाज बनाउन हामी सबै लाग्छौं।’