मुख्य समाचार
कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल
कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल

— नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल गरेका छन् ।

कांग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै शुक्रबार एक विज्ञप्ति जारी गरी एकताबद्ध भएर अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका हुन् । 'नेपाली कांग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन, निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार निर्णय गरेको छ, यसप्रति हामी आभारी छौँ,' उनले भने ।

उनले कांग्रेसका सदस्य र शुभेच्छुकजनले नेपाली कांग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल भएको उल्लेख गरे । सभापति थापाले भने, 'पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ, अब कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ ।' उनले विशेष महाधिवेशनमा सहभागी भएका र नभएका सबैलाई विधि विधानले प्रधानता पाएको र जय पराजयको विषय नभएको बताए ।

'कुनै अलमल नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ, विश्वास र भरोसा राख्नुहोस् अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ, रिफर्मको यात्रा सुरु भइसकेको छ, अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ,' सभापति थापाले भने ।

उनले अहिलेको परिस्थितिमा कांग्रेसलाई अगाडि बढाउन पार्टीका पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहेका सबैबाट पार्टीको लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहने विश्वाससमेत लिए ।


सभापति थापाले आजदेखि पार्टीभित्र गुट र भागबण्डा नहुने बताए । जिम्मेवारी फरक भए पनि भुँइ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुने उनको भनाइ छ । उनले कांग्रेस पार्टी नेता र यसका सीमित सदस्यको मात्रै नभई आममानिसको सार्वजनिक पुँजी भएको बताए ।

कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको बताउँदै सभापति थापाले आजसम्मका उपलब्धिलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने सङ्कल्प गरेको उल्लेख गरे ।



कांग्रेस आमनेपाली जनताको अपेक्षा र नवयुवाको परिवर्तनको आकांक्षा अनुरूप अगाडि बढ्ने उनले बताए । 'एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौँ, अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता गर्ने छैन', उनले भने, 'सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ ।'

सभापति थापाले हिजोका दिनमा पार्टीका अग्रजले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिएजसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने बताए । उनले यसका लागि सबैको थप साथ र विश्वास चाहिएको बताए । उनले सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गरेका छन् । उनले देशभरका नवयुवालगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रामा सरिक हुन अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस सभापति गगन थापालाई बधाई दिँदै नेता सुजाता कोइरालाले परिवर्तन स्वीकार गर्नुपर्ने बताएकी छन् । उनले पार्टी विभाजन नभई नयाँ सभापति र नेतृत्व आएकाले खुसी भएर स्वीकार गर्नुपर्ने बताएकी छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले देशले परिवर्तन चाहेको र त्यसलाई खुसीसाथ अँगाल्नुपर्ने धारणा सार्वजनिक गरेकी हुन् । पार्टी विभाजन भएको अनुभव आफूलाई नभएको ...
— कांग्रेसको विघटित केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र संवैधानिक उपचारका लागि अघि बढ्ने निर्णय गरेको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा पूर्वसभापति शेरबहादुर देउवापक्षीय नेताहरु सहभागी बैठकले यस्तो निर्णय गरेको हो । पूर्वउपसभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा शेखर कोइराला र उनीपक्षीय नेताहरुको समेत उपस्थिति रहेको थियो । ‘निर्वाचन आयोगको निर्णय पार्टीको विधान र ...
— कांग्रेस सभापति गगन थापाको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बानेश्वरको एक पार्टी प्यालेसमा बसिरहेको छ । बैठकका तीनवटा एजेन्डामाथि छलफलमा छन् । पार्टीलाई एक ढिक्का बनाउनका लागि सबैलाई फर्कन आह्वान गर्ने, टिकट वितरणका लागि पार्टीको संसदीय समिति बनाउने र प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने विषय मुख्य छलफलमा छन् । निर्वाचन आयोगले थापा नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गर्दै ...
— विभिन्न मुद्दा फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाबाट खटिएका सुरक्षाकर्मीको टोलीले शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, दार्मा, छत्रेश्वरी, कालीमाटी गाउँपालिकाको विभिन्न स्थानमा लुकेर बसिरहेको अवस्थामा एक महिनाको अवधिमा १३ जना फरार प्रतिवादी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार पक्राउ पर्नेमा ...
— रुकुम पश्चिममा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फाको हत्या गरेको प्रहरीले जनाएको छ । पारिवारिक विवादका कारण गणेशबहादुरले श्रीमतीलाई टाउको र हातमा सनासोले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए । घाइते अवस्थामा पम्फाको उपचारका लागि ...