मुख्य समाचार
भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनमा अजम्बर राई काङमाङलाई उम्मेदवार
भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनमा अजम्बर राई काङमाङलाई उम्मेदवार

: नेपाली कम्युनिस्ट पार्टीले भोजपुरबाट प्रतिनिधिसभा निर्वाचनमा अजम्बर राई काङमाङलाई उम्मेदवार बनाएको छ। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भोजपुरबाट प्रतिनिधिसभा निर्वाचन लड्नको लागि आफूलाई सांसदको टिकट दिएको काङमाङले जानकारी दिए।

‘काङमाङले प्रचण्डको हातबाट भोजपुरको प्रतिनिधि सभाको सदस्य पदका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट टिकट पाइयो । क. प्रचण्डबाट निर्वाचन सफलताको शुभकामना र भावी राजनीतिक मार्गचित्रकाबारे सुस्पष्ट शुभकामना पनि ग्रहण गरियो ।’ काङमाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्पूर्ण परिवर्तनकारी आदरणीय भोजपुरे जनताहरूलाई चुनाव चिह्न 'तारा' मा मतदान गरी विजयी गराइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’


एमाले पृष्ठभूमिका काङमाङ अशोक राईसँगै एमाले छोडेका थिए। एमाले र माओवादी एक हुँदा पनि उनी नेकपाको केन्द्रीय सदस्य बनेका उनी पार्टी विभाजनपश्चात माओवादीमा सक्रिय बनेका थिए।



राईलाई टिकट दिएसँगै प्रचण्डले सफलताको शुभकामना तथा अग्रिम बधाई दिएका छन्। भोजपुरले क्रान्तिकारी कमरेडलाई विजय बनाएको उल्लेख गर्दै प्रचण्डले काङमाङ अध्याधिक बहुमतले विजयी भएर विजयी हुने विश्वास व्यक्त गरे।

प्रचण्डले उनी निर्वाचित भएपश्चात राजकीय पदमा, सरकारमा जहाँ हुन्छ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे। प्रचण्डले भोजपुरको विकास र समृद्धिको यात्रामा काममाङले महत्वपूर्ण भूमिका खेल्ने र नयाँ प्रक्रिया अगाडि बढ्ने दाबी गरे। यस अगाडि उक्त क्षेत्रमा सुदन किँराती निर्वाचित भएका थिए। उनले अहिले नेकपा छाडेका छन्।

यसैगरी नेकपाका केन्द्रीय सदस्य रन्जित तामाङलाई प्रचण्डले झापा निर्वाचन क्षेत्र नम्बर-५ मा सांसदको टिकट दिएका छन्। टिकट प्राप्त गरेपछि युवा नेता तामाङले मतदातामा चुनाव चिन्ह तारामा मतदान गरी जनसेवाको अवसर दिनका लागि अपिल गरे।

झापा-५ पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि निर्वाचन क्षेत्र हो। ओली निरन्तर यहि निर्वाचन क्षेत्रबाट विजयी हुँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस सभापति गगन थापालाई बधाई दिँदै नेता सुजाता कोइरालाले परिवर्तन स्वीकार गर्नुपर्ने बताएकी छन् । उनले पार्टी विभाजन नभई नयाँ सभापति र नेतृत्व आएकाले खुसी भएर स्वीकार गर्नुपर्ने बताएकी छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले देशले परिवर्तन चाहेको र त्यसलाई खुसीसाथ अँगाल्नुपर्ने धारणा सार्वजनिक गरेकी हुन् । पार्टी विभाजन भएको अनुभव आफूलाई नभएको ...
— कांग्रेसको विघटित केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र संवैधानिक उपचारका लागि अघि बढ्ने निर्णय गरेको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा पूर्वसभापति शेरबहादुर देउवापक्षीय नेताहरु सहभागी बैठकले यस्तो निर्णय गरेको हो । पूर्वउपसभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा शेखर कोइराला र उनीपक्षीय नेताहरुको समेत उपस्थिति रहेको थियो । ‘निर्वाचन आयोगको निर्णय पार्टीको विधान र ...
— कांग्रेस सभापति गगन थापाको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बानेश्वरको एक पार्टी प्यालेसमा बसिरहेको छ । बैठकका तीनवटा एजेन्डामाथि छलफलमा छन् । पार्टीलाई एक ढिक्का बनाउनका लागि सबैलाई फर्कन आह्वान गर्ने, टिकट वितरणका लागि पार्टीको संसदीय समिति बनाउने र प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने विषय मुख्य छलफलमा छन् । निर्वाचन आयोगले थापा नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गर्दै ...
— विभिन्न मुद्दा फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाबाट खटिएका सुरक्षाकर्मीको टोलीले शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, दार्मा, छत्रेश्वरी, कालीमाटी गाउँपालिकाको विभिन्न स्थानमा लुकेर बसिरहेको अवस्थामा एक महिनाको अवधिमा १३ जना फरार प्रतिवादी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार पक्राउ पर्नेमा ...
— रुकुम पश्चिममा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फाको हत्या गरेको प्रहरीले जनाएको छ । पारिवारिक विवादका कारण गणेशबहादुरले श्रीमतीलाई टाउको र हातमा सनासोले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए । घाइते अवस्थामा पम्फाको उपचारका लागि ...