मुख्य समाचार
स्याङ्जामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि
स्याङ्जामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि

: स्याङ्जामा यसवर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ। यसवर्ष स्याङ्जामा २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जाका प्रमुख अजय अधिकारीका अनुसार यसवर्ष १ अर्ब ३२ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ।

प्रति किलो औसतमा ५७ रुपैयाँका दरले मूल्यांकन गर्दा सो मूल्य आएको कार्यालयले जनाएको छ। दुई हजार ४ सय हेक्टरमा सुन्तला खेती गरिएको छ। ती क्षेत्रफल मध्ये ६० प्रतिशतले पुरा उत्पादन दिने गरेको छ भने बाँकी ४० प्रतिशतमा हुर्कदो विरुवा छ्न्। गएको वर्ष स्याङ्जामा १ अर्ब १२ करोड बराबरको सुन्तला उत्पादन भएको थियो। गत वर्षको तुलनामा यो वर्ष १८ करोड बढी हो। गत वर्ष २० हजार ८४ मेट्रिक टन उत्पादन भएको थियो।


स्याङ्जामा प्रतिहेक्टर १४ दशमलब ६६ मेट्रिक टन उत्पादकत्व रहेकोमा यसवर्ष प्रति प्रतिहेक्टर १६ दशमलब ३७ मेट्रिक टन उत्पादन दिएको परियोजनाले जनाएको छ। बर्सेनि सुन्तला रोपणका अभियान बढ्दो छ। सुन्तला फल्ने क्षेत्रसमेत बढेको छ। यसवर्ष १ सय ५० हेक्टर क्षेत्रफल सुन्तला क्षेत्र बढेको छ।



सुन्तलाका लागि उपयुक्त भौगोलिक वातावरण, सुन्तला फूल्ने र फल्ने समय अनुकुल रहनु, अत्यधिक पानी र असिना नपरेका कारण उत्पादनमा वृद्धि भएको सुन्तला सुपरजोन सञ्चालक समितिका अध्यक्ष बोधराज अर्यालले बताए। सुन्तला उत्पादनमा बढेसँगै किसानहरु उत्साहित छन्।

उत्पादित सुन्तलाको झण्डै १० प्रतिशत आन्तरिक रूपमा र ९० प्रतिशत विभिन्न शहरहरुमा निर्यात हुने गर्दछ। उत्पादित सुन्तला मध्ये २ हजार ३५६ मेट्रिक टन आन्तरिक र २० हजार ८८२ मेट्रिक टन निर्यात हुने परियोजनाले जनाएको छ । यहाँ सयौंका संख्यामा सुन्तला किसान छन्। सुन्तला खेतीबाटै मनग्यै आम्दानी गर्दै आएका छन्। मकै, धान र कोदो फल्ने ठूल्ठूला गराहरुमा सुन्तला फलाउन थालेका छन्। उत्तरतर्फ फर्केका पाखोबारी पहेंलपुर छन्। एउटै किसानले वर्षमा ३०देखि ४० लाखसम्म आम्दानी गर्ने गरेका छन्।

स्याङ्जामा उत्पादित सुन्तला छिमेकी जिल्ला पोखरा, काठमाडौं, चितवन र बुटवल निर्यात हुँदै आएको छ। ठूला साना सबै व्यापारीले राम्रो व्यापार गर्ने गर्दछन। बगैंचामै पुगेर सुन्तला टिप्ने गर्दछन। बगैंचामा नै एकमुष्ट किन्ने गरेका छन्। स्याङ्जाका सुन्तला हेर्दा राम्रो र खाँदा स्वादिला र मिठो भएका कारण व्यापारीको पहिलो रोजाई स्याङ्जा पर्ने गरेको व्यापारीहरुको भनाइ छ।

स्याङ्जाका ११ वटै पालिकाका सबै क्षेत्रमा सुन्तला खेती गरिँदै आएको छ। जिल्लाका ९७ वडामध्ये ५/६ वटा वडा बाहेक सबैमा सुन्तला फल्ने गरेका छन्। पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ नगरपालिका सहित अर्जुनचौपारी, बिरुवा, हरिनास, फेदीखोला, आँधीखोला गाउँपालिकामा सुन्तला उत्पादन हुने गर्छ।

यहाँका सुन्तला किसानले सुन्तला खेतीबाटै वार्षिक न्यूनतम् २ देखि अधिकतम ३०/४० लाख रुपैयाँसम्म नगद आम्दानी गर्दै आएका छन्। सहकारी, समूह र व्यक्तिगत रुपमा सुन्तला खेती गर्ने गरिएको छ। मल, जल र स्याहार सुसार गरेमा बिरुवा रोपेको ५ वर्षभित्रमा सुन्तलाले राम्रो आम्दानी दिने गर्छ। कलमी गरेर तयार गरिएको बिरुवाले रोपेको तीन वर्षमै फल दिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रसुवा, नुवाकोटलगायतका क्षेत्रमा बाढी र पहिरोले पुर्‍याएको क्षतिपछि सञ्चालन गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा करिब ९.५ अर्ब रुपैयाँ सहयोग रकम संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांकअनुसार स्वदेशी बैंकहरूमा करिब ७.८९ अर्ब रुपैयाँ र डलर खातामा थप ६१.४ लाख अमेरिकी डलर (करिब ८४.१ करोड रुपैयाँ) संकलन तथा प्रतिबद्धता प्राप्त भएको छ। बाढी आउनुअघि ...
। वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् । ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् । ‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष ...
। नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्। २०८२ फागुनदेखि ...
— मुलुकको प्रमुख स्थल भन्सार वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व असुलीको लक्ष्य भेट्न सकेन। कार्यालयले साउनमा तोकिएको लक्ष्यको ९० दशमलव ९७ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले साउनमा २० अर्ब ५८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पाएको थियो। तर लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्दा कार्यालयले १८ ...
। भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित ...