मुख्य समाचार
निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगनकुमार थापाको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई वैधता प्रदान गरेको छ
निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगनकुमार थापाको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई वैधता प्रदान गरेको छ

— निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगनकुमार थापाको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई वैधता प्रदान गरेको छ । एक जना आयुक्तको असहमितका बीच अयोगका बहुमतले उक्त निर्णय गरेको हो ।

कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शम्शेर जबराले विशेष महाधिवेशन पार्टीको सर्वोच्च निकाय रहेकाले त्यसको निर्णयलाई आधिकारिकता दिने पक्षमा उभिए । आयुक्त जानकीकुमारी तुलाधरले भने त्यस निर्णयप्रति आफ्नो असहमति दर्ज गराइन् । आयोग स्रोतका अनुसार असहमति जनाउँदै गर्दा उनले तर्क भने केही गरिनन् । ‘यस निर्णयमा मेरो असहमति छ’ उनको भनाइ त्यति मात्रै थियो ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ मा रहेको दलमा पदाधिकारी हेरफेर भए दल दर्ता किताबमा अद्यावधि गर्नुपर्ने व्यवस्था अनुसार विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गरिदिने निणय बहुमतले गरेको हो ।

आयोगले आफ्नो निर्णयमा कांग्रेस पार्टीको विधान १७(२) मा रहेको ४० प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन बोलाउपर्ने व्यवस्थालाई बाध्यकारी मानेको छ । ‘केन्द्रीय समितिले त्यसलाई अनदेखा गरेर जान मिल्दैनथ्यो,’ स्रोतले भन्यो, ‘कारण खुलाएर ४० प्रतिशत बढी प्रतिनिधिले विशेष महाधिवेशन बोलाएपछि बोलाउनुपर्थ्यो भन्ने निष्कर्षमा आयोग पुगेको हो ।’ केन्द्रीय समितिल नबोलाएपछि दुई जना महामन्त्रीहरुले बोलाएको विशेष महाधिवेशनलाई आयोगले प्रक्रियासम्मत मानेको छ । केन्द्रीय कार्यालयको जिम्मेवारी महामन्त्रीसँग हुने भएकाले दुई जना पदाधिकारीले आह्वान गरेको विशेष महाधिवेशनलाई अन्यथा भन्न नमिल्ने आयोगको निर्णयमा उल्लेख छ । केन्द्रीय समितिले नबोलाएको अवस्थामा महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशनलाई आयोगले सही ठहर गरेको छ ।

कांग्रेसको विधानको प्रस्तावनामै लोकतन्त्रलाई आदर्श मानिएको उल्लेख गर्दै आयोगले आफ्नो निर्णयमा लोकतान्त्रिक मूल्यमान्यतालाई शब्दमा मात्रै नभई व्यवहारमा अनुसरण सबैले गर्नुपर्ने भनेको छ । महाधिवेशन माग गर्न पाउने विधानको व्यवस्थालाई केन्द्रीय समितिले अनदेखा गर्नुलाई आयोगले लोकतान्त्रिक अभ्यासमाथि नियन्त्रणको प्रयासका रूपमा व्याख्यासमेत गरेको छ । आयोगले पार्टीको विधानमा रहेका व्यवस्थाहरूलाई आफ्नो निर्णयको मुख्य आधार बनाएको छ । आयोगमा रहेको कांग्रेसको अभिलेखबाट साबिकको शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको नामावलीलाई हटाएर गगनकुमार थापा सभापति रहेको र महाधिवेशनबाट चयन भएका अन्य पदाधिकारीहरुको नाम राख्न आयोग बैठकले सचिवालयलाई निर्देशन समेत दिएको स्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस सभापति गगन थापालाई बधाई दिँदै नेता सुजाता कोइरालाले परिवर्तन स्वीकार गर्नुपर्ने बताएकी छन् । उनले पार्टी विभाजन नभई नयाँ सभापति र नेतृत्व आएकाले खुसी भएर स्वीकार गर्नुपर्ने बताएकी छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले देशले परिवर्तन चाहेको र त्यसलाई खुसीसाथ अँगाल्नुपर्ने धारणा सार्वजनिक गरेकी हुन् । पार्टी विभाजन भएको अनुभव आफूलाई नभएको ...
— कांग्रेसको विघटित केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र संवैधानिक उपचारका लागि अघि बढ्ने निर्णय गरेको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा पूर्वसभापति शेरबहादुर देउवापक्षीय नेताहरु सहभागी बैठकले यस्तो निर्णय गरेको हो । पूर्वउपसभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा शेखर कोइराला र उनीपक्षीय नेताहरुको समेत उपस्थिति रहेको थियो । ‘निर्वाचन आयोगको निर्णय पार्टीको विधान र ...
— कांग्रेस सभापति गगन थापाको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बानेश्वरको एक पार्टी प्यालेसमा बसिरहेको छ । बैठकका तीनवटा एजेन्डामाथि छलफलमा छन् । पार्टीलाई एक ढिक्का बनाउनका लागि सबैलाई फर्कन आह्वान गर्ने, टिकट वितरणका लागि पार्टीको संसदीय समिति बनाउने र प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने विषय मुख्य छलफलमा छन् । निर्वाचन आयोगले थापा नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गर्दै ...
— विभिन्न मुद्दा फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाबाट खटिएका सुरक्षाकर्मीको टोलीले शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, दार्मा, छत्रेश्वरी, कालीमाटी गाउँपालिकाको विभिन्न स्थानमा लुकेर बसिरहेको अवस्थामा एक महिनाको अवधिमा १३ जना फरार प्रतिवादी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार पक्राउ पर्नेमा ...
— रुकुम पश्चिममा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फाको हत्या गरेको प्रहरीले जनाएको छ । पारिवारिक विवादका कारण गणेशबहादुरले श्रीमतीलाई टाउको र हातमा सनासोले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए । घाइते अवस्थामा पम्फाको उपचारका लागि ...