मुख्य समाचार
जुवाखालबाट चारजना पक्राउ, २५ बढी फरार
जुवाखालबाट चारजना पक्राउ, २५ बढी फरार

: मोरङको ग्रामथान गाउँपालिका–४ जुरीखोला छेउस्थित बाँसघारीमा जुवाको खाल बनाई जुवाजन्य खेल खेलाइँदै आएको खुलासा भएको छ। गोप्य सूचनाका आधारमा मोरङ प्रहरीले छापा मार्दा चारजना जुवाडेलाई पक्राउ परेका छन्। जुवाखालबाट २५ जनाभन्दा बढी संख्यामा जुवाडे भाग्न सफल भएको स्थानीयले जानकारी दिएका छन्।




शुक्रबार साँझ जुवाजन्य गतिविधि भइरहेको भन्ने सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक राजीव गिरीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। प्रहरी टोली घटनास्थल पुग्दा जुवाको खालमै कौडा खेल्दै गरेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। उनले जुवाखालबाट ३ लाख १३ हजार नगद र १६ थान कौडा बरामद गरिएको बताए।


जुवाखालबाट पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–९ बस्ने ५७ वर्षीय जयकिशोर साह, भोजपुरको हतुवागढी गाउँपालिका–३ सिन्द्राङ घर भई हाल सुनसरीको धरानमा बस्दै आएका ५६ वर्षीय हेमन्त राई, मोरङ कटहरी गाउँपालिका–१ बस्ने ४२ वर्षीय सोनलाल राजवंशी र मोरङको सुन्दरहरैचा नगरपालिका–५ बस्ने ४७ वर्षीय इन्द्र आचार्य रहेको एसपी कटवालले बताए।



पक्राउ परेकालाई बरामद नगद तथा जुवा सामग्रीसहित इलाका प्रहरी कार्यालय बेलबारी ल्याई कानुन बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जुवा खेलाउने मुख्य नाइके तेतरिया खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुजित माझीसहित २५ जनाभन्दा बढी जुवाडे प्रहरी पुग्ने बित्तिकै फरार भएका छन्।

फरार रहेका सबै व्यक्तिको पहिचान भइसकेको र उनीहरूलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता गर्ने तयारी भइरहेको एसपी कटवालले बताए। प्रारम्भिक अनुसन्धानबाट उक्त स्थानमा लामो समयदेखि नियमित रूपमा जुवा खेलाइँदै आएको र कानुनविपरीत गतिविधि हुने गरेको घटना सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कांग्रेस सभापति गगन थापालाई बधाई दिँदै नेता सुजाता कोइरालाले परिवर्तन स्वीकार गर्नुपर्ने बताएकी छन् । उनले पार्टी विभाजन नभई नयाँ सभापति र नेतृत्व आएकाले खुसी भएर स्वीकार गर्नुपर्ने बताएकी छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले देशले परिवर्तन चाहेको र त्यसलाई खुसीसाथ अँगाल्नुपर्ने धारणा सार्वजनिक गरेकी हुन् । पार्टी विभाजन भएको अनुभव आफूलाई नभएको ...
— कांग्रेसको विघटित केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र संवैधानिक उपचारका लागि अघि बढ्ने निर्णय गरेको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा पूर्वसभापति शेरबहादुर देउवापक्षीय नेताहरु सहभागी बैठकले यस्तो निर्णय गरेको हो । पूर्वउपसभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा शेखर कोइराला र उनीपक्षीय नेताहरुको समेत उपस्थिति रहेको थियो । ‘निर्वाचन आयोगको निर्णय पार्टीको विधान र ...
— कांग्रेस सभापति गगन थापाको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बानेश्वरको एक पार्टी प्यालेसमा बसिरहेको छ । बैठकका तीनवटा एजेन्डामाथि छलफलमा छन् । पार्टीलाई एक ढिक्का बनाउनका लागि सबैलाई फर्कन आह्वान गर्ने, टिकट वितरणका लागि पार्टीको संसदीय समिति बनाउने र प्रधानमन्त्रीको उम्मेदवार तय गर्ने विषय मुख्य छलफलमा छन् । निर्वाचन आयोगले थापा नेतृत्वको नयाँ कार्यसमिति अद्यावधिक गर्दै ...
— विभिन्न मुद्दा फैसला कार्यान्वयनको सिलसिलामा फरार रहेका १३ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाबाट खटिएका सुरक्षाकर्मीको टोलीले शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, दार्मा, छत्रेश्वरी, कालीमाटी गाउँपालिकाको विभिन्न स्थानमा लुकेर बसिरहेको अवस्थामा एक महिनाको अवधिमा १३ जना फरार प्रतिवादी पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार पक्राउ पर्नेमा ...
— रुकुम पश्चिममा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामीले ६५ वर्षीया श्रीमती पम्फाको हत्या गरेको प्रहरीले जनाएको छ । पारिवारिक विवादका कारण गणेशबहादुरले श्रीमतीलाई टाउको र हातमा सनासोले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए । घाइते अवस्थामा पम्फाको उपचारका लागि ...